#

दमकबाट आज ६५ जनाको स्वाव संकलन गरिदै


दमक। झापाको दमकबाट आज ६५ जनाको स्वाव संकलन गरिने भएको छ । दमकको क्वारेन्टाइनमा रहेका र होम क्वारेन्टाइनका गरि ६५ जनाको स्वाव संकलन गरिने दमक नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुबेर प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

वहाँका अनुसार केहिको पुनः परीक्षणका लागि स्वाव संकन गरिने छ । स्वाव संकलन गरि आजै प्रादेशिक प्रयोगशाला विराटनगर पठाइने भट्टराईले सवाल नेपाललाई जानकारी दिनुभयो । दमकमा अहिले सम्म ६ जना कारोना भाइरस संक्रमित भेटिएपनि पहिलो र दोश्रो संक्रमितले कोरोना जितिसकेका छन् । उनीहरु अहिले सामान्य अबस्थामा छन् । संक्रमित चार जनाको अबस्था पनि सामान्य रहेको छ ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु