काठमाण्डौं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी समिति बैठक केहीबेरका लागि रोकिएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली बैठकमा नआएपछि अध्यक्ष प्रचण्डले बैठक सुरु गरेका थिए।

बैठक सुरु भएको केही समयसम्म पनि प्रधानमन्त्री ओली बैठकमा बैठकमा उपस्थित नभएपछि केहीबेरका लागि बैठक स्थगित गरिएको हो।साथै  बैठक रोकिएपछि अहिले ओलीसँग अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेललगायतका सचिवालय नेताहरु छलफलमा जुटेका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय