पर्वत : असार १२ गतेदेखि घरबाट एकाएक हराएकी १४ वर्षीया २७ वर्षीय एक युवासँग सदरमुकाम कुस्मा नगरपालिकाको एक होटलमा भेटिइन् ‌।

सुर्खेत गुलरिया नगरपालिका घर भएका ती युवा पर्वतमा नै ट्याक्टर चलाउने गर्थे । प्रहरीले लिएको बयानअनुसार असार १२ गतेदेखि एकसाथ रहेका ती युवा र किशोरीबीच होटलमा सहमतिमै यौनसम्पर्क भयो । तर, किशोरी फेला परेपछि उनकी आमाले आफ्नी छोरीमाथि बलात्कार भएको भन्दै प्रहरीमा उजुरी गरिन् ‌।

p>प्रहरी निरीक्षक एवम्‌ ​जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी ​बुद्धिप्रसाद सुवेदीका अनुसार किशोरीकी आमाले उजुरी गरेपछि ती युवा पक्राउ परेका छन्‌।

उनले दुवै जनाको सहमतिमै शारिरिक सम्पर्क गरेको बयान दिएका छन्‌। तर किशोरी नाबालिग नै भएकाले ती युवाविरुद्ध जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी जबरजस्ती करणी मुद्दामा अनुसन्धान अघि बढाइएको छ। किशोरीको स्वास्थ्य र शारीरिक अवस्था जाँच गरिएको मेडिकल रिपोर्ट आउन १/२ दिन लाग्ने प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार खडकाले बिहे गर्ने मनसायले नै ती बालिकालाई सम्पर्कमा ल्याएको तथा शारीरिक सम्पर्क राखेको प्रारम्भिक अनुसन्धानमा खुलेको भएपनि उनलाई बलात्कारकै मुद्दा लाग्छ ।

नेपालको कानुनअनुसार १८ वर्ष उमेर नपुगेका किशोरीसँग सहमतिमै यौन सम्बन्ध राखेको भएपनि त्यो बलात्कार ठहर्छ । एभरेस्ट दैनिक बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर