#
मुख्य खबर

दमकबाट पठाइएका ५३ जनाको स्वावको रिपोर्ट भोलि आउदै

  सवाल नेपाल   १९ असार २०७७, शुक्रबार २२:००

दमक। झापाको दमकबाट पठाइएका ५३ जनाको स्वावको रिपोर्ट भोलि आउदै छ । क्वारेन्टाइन र होम क्वारेन्टाइनमा बस्दै आएका उनिहरुमा कोरोना भाइरस संक्रमण भए नभएको परीक्षणका लागि स्वाव संकलन गरि विराटनगरको प्रादेशिक अस्पताल पठाइएको छ ।

दमकका २ क्वारेन्टाइन र होम क्वारेन्टाइनका गरि ५३ जनाको स्वाव संकलन गरिएको थियो । स्वाव पठाइएकामा ३५ पुरुष छन भने १८ महिला छन् । जसमा मानसरोबर क्वारेन्टाइनका २१ पुरुष, मदन भण्डारी प्रतिष्ठानको महिला क्वारेन्टाइनका १५ , होम क्वारेन्टाइनका १२ पुरुष, ३ महिला र २ जना पुरुष स्वास्थ्यकर्मी रहेको दमक नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुबेर प्रसाद भट्टराईले सवाल नेपाललाई जानकारी दिनुभयो ।  परीक्षणको रिपोर्ट भोलि आउने सदस्यसचिव भट्टराईले जानकारी दिनुभयो ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु