बाग्लुङ। क्वारेन्टाइनमा बसेका बाग्लुङको निसीखोलाका एक युवकको मृत्यु भएको छ । निसीखोला गाउँपालिका वडा नम्बर २ का २९ वर्षीय सुनिल विकको क्वारेन्टाइनमै मृत्यु भएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख मिलन मल्लले जानकारी दिनुभयो ।

केही समय अगाडी भारतबाट आएर ढोरपाटन नगरपालिका वडा नम्बर ४ को छोरेगाउँ माविको क्वारेन्टाईनमा बसेका उनको आज मृत्यु भएको मल्लले बताउनुभयो ।

लामो समयदेखि भारतमा बस्दै आएका विक किड्नी सम्बन्धि रोगबाट ग्रसित थिए । उनको पिसिआर रिपोर्ट अहिलेसम्म आएको छैन । रिर्पोट आएपछि उनको दाहसंस्कार गरिने पनि डा.मल्लले जानकारी दिनुभयो । नेपाल आर्मीले उनको शव व्यवस्थापन गर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर