काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक स्थगित भएको छ । आजलाई बोलाइएको बैठक आउँदो २४ गते सम्मका लागि स्थगित भएको हो । बैठक तेश्रो पटक स्थगित भएको हो ।

श्रोतले भन्यो, पार्टी विभाजनको संघारमा पुगेकाले पार्टी फुटबाट बचाउन बैठक २४ गतेसम्मका लागि स्थगित गरिएको हो । यसअघि पनि पटक–पटक नेकपा स्थायी कमिटिको बैठक स्थगित हुँदै आएको थियो ।

पार्टीभित्रको विवाद समाधान गर्न यतिवेला अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालवीच प्रधानमन्त्री निवास वालुवाटारमा छलफल भइरहेको छ ।

हिजो नेकपा अध्यक्षद्वय ओली र दाहालवीच पार्टी एकतालाई बचाउन सहमतिका आधारहरु खोज्ने सहमति भएको थियो । पार्टी विभाजनको संघारमा पुगेको भन्दै रविन कोइराला लगायतका नेताहरुले विभाजनबाट रोक्न भन्दै धर्ना समेत बसेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय