काठमाण्डौं। नेपाली काँग्रेस केन्द्रीय समिति बैठक आजपनि बस्दैछ । पार्टी मुख्यालय सानेपामा दिउँसो २ बजेपछि बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको १४ औं महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने नेपाली कांग्रेसले जनाएको छ ।

यसअघि कांग्रेस पदाधिकारी बैठकले १४ औं महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गर्दै कार्यतालिका तयार पारेको थियो । सो कार्यतालिकालाई केन्द्रीय समितिले अन्तिम रुप दिन भने बाँकी छ ।

हिजोको बैठकमा प्रधानमन्त्री केपी ओली र सभापति शेरबहादुर देउवाबीच भएको भनिएको गोप्य भेटवार्ताबारे केन्द्रीय सदस्यहरुले कुरा उठाएका थिए । जवाफमा देउवाले प्रधानमन्त्रीसँग भेटेको बताए पनि के विषयमा छलफल भएको थियो भन्ने चाँही खुलाउनु भएन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय