काठमाण्डौं।  केहि दिनदेखी चर्कीएको नेकपा अध्यक्ष द्धोयको सम्बन्धले फुटको नजिक पुगेको नेकपा फुटबाट बच्ने संकेत देखिएको छ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा भएको भेटवार्ता सकारात्मक भएपछि पार्टी फुटको नजिक पुगेको नेकपा फुटबाट बच्ने देखिएको हो । श्रोतले भन्यो प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल सकारात्मक भएको छ । अब पार्टी फुटबाट जोगिने छ ।

भेटमा नेकपा अध्यक्ष दाहालले कुनै कार्यदल नबनाइकन दुई जनाकै बीचमा छलफल गर्न जरूरी रहेको समेत बताउनुभएको भएको श्रोतको दावी छ । बैठकमा अध्यक्ष दाहालले दुई अध्यक्षकै बीचमा छलफल गर्नु पर्ने बताउनुभएको पनि श्रोतले बतायो । दोश्रो तहका नेताहरूभन्दा पनि आवश्यक परे वरिष्ठ नेतालाई बैठकमा राख्न जरूरी रहेको दाहालले भनेको श्रोतले बतायो ।

प्रधानमन्त्री ओलीलाई हटाउन लागिएको भन्दै ओली पक्षधरले देशभर प्रदर्शनलाई तिब्र बनाएपछि दाहाल पक्षधर झस्किएका थिए । माधव कुमार नेपाल लगायतका नेताहरु दाहालसँग नजिक भएपछि ओलीले पनि आँफू निकटकालाई बोलाएर छलफल थालेपछि पार्टी विभाजन हुने हो कि भन्ने कार्यकर्तामा देखिएको थियो भने पुर्व एमाले र पुर्व एमाओवादीका नेता तथा कार्यकर्तामा पनि विभाजन देखिन थालेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय