वि.सं.२०७७ असार- २३,मंगलवार, ई.सं.२०२० July – ७, शक संवत्-१९४२,नेपाल संवत्-११४० दिल्लागा,प्रमादी,उत्तरायण,ग्रीष्म,श्रावण कृष्णपक्ष तिथि-द्वितीया , ०९:०५ बजे उप्रान्त तृतीया,नक्षत्र-श्रवण , २४:४६ बजे उप्रान्त धनिष्ठा,योग-विष्कम्भ , २२:०४ बजे उप्रान्त प्रीति,करण-गर ०९:०५ बजेदेखि वणिज , २१:०९ बजे उप्रान्त वालव,चन्द्रराशि-मकर,आनन्दादि योग-लुम्ब, सूर्योदय-५:१५, सूर्यास्त- १९:०१ दिनमान-३४ घडी २४ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –काम गर्दा मतभेत हुनेछ,झुटो आरोप लाग्ने तथा मुद्दा मामिला पर्न सक्छ,दैनिकी काम बिग्रिन सक्छ,यात्रामा अप्रिय घटना हुनसक्छ, आजको शुभ अंक ७ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – कृषि क्षेत्रमा सफलता मिल्नेछ,समयले साथ दिनेछ व्यपार लागि सफलदायी रहनेछ,पारिवारिक झगडाले गर्दा सम्बन्ध बिग्रिनेछ, आजको शुभ अंक ५ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – यात्रा गर्दा बोलिमा विचार गर्नुहोला विवाद हुनसक्छ,नसोची दियको बोलि वचनले गर्दा अफ्ठेरोमा परिनेछ,आर्थिक संकट पर्नेछ,आजको शुभ अंक ३ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – धेरै बोल्दा बिबाद पारिनेछ,प्रेमी प्रेमिका बिचमा मान मुटाव हुनेछ,कमि कमजोरी हुँदा अरूले फाइदा उठाउन सक्छन्,दैनिकी काममा सचेत रहनुहोला, आजको शुभ अंक ७ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – नसोची बोल्ने बानीले काम बिग्रिनेछ,मानसिक तनावले गर्दा पारिवारिक विवाद बढ्ने छ,किनमेल गर्दा सजक रहनु होला,विरोधीहरु बढ्नेछन्, आजको शुभ अंक ४ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– आफन्त संग चनाखो रहनु होला,सामाजिक कार्य सफल भइनेछ,काममा कमि कमजोरीले गर्दा अरूले फाइदा उठाउने कोसिस गर्नेछन्, आजको शुभ अंक ४ रहेको छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) – स्वास्थ्य लागि आहारविहारमा ध्यान पुर्याउनुहोला,भौतिक रुपमा तथा आर्थिक रुपमा सफल भइनेछ,कार्य सफलता मिल्नेछ, आजको शुभ अंक ९ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– बोलीको अनर्थ लाग्न सक्छ विचार गर्नुहोला,परिवार भित्रका सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला,चुनौतीभित्र अवसर खोज्ने समय छ, आजको शुभ अंक १ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– गोपनीयतामा ध्यान ख्याल गर्नुहोला,दिगो व्यपारमा लगानी गरिने हुँदा पछिसम्म लाभ हुनेछ,धेरै बोल्ने बानीले काम बिग्रिनेछ,बोलीमा विचार गर्नुहोला, आजको शुभ अंक ६ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – मन मिल्ने साथी संग भेट हुनेछ,स्वाथ्यमा हुने समस्याले गर्दा महत्व पूर्ण काम बिग्रेनेछ,कमि कमजोरी सुधार गरेर काम गर्दा सफल भइनेछ, आजको शुभ अंक ८ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– समयले साथ दिनेछ भने दिगो फाइदा हुनेछ,साझेदारीको काममा विवाद हुदा शत्रुले फाइदा उठाउनेछन,काम बिग्रिन सक्छ, आफन्त संग चनाखो रहनु होला,आजको शुभ अंक १० रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – बोलीको अनर्थ लाग्न सक्छ विचार गर्नु होला,स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला,झुटो आरोप लाग्न सक्छ, आजको शुभ अंक २ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय