दमक। झापाको कमल गाउँपालिकाबाट आज २२ जनाको स्वाव संकलन गरि परीक्षणको लागि पठाइएको छ । स्वाव संकलन गरिएकामा २० जना पुरुष र २ महिला छन् ।

कमल गाउँपालिकाको शहीद धर्मभक्त माविको क्वारेन्टाइनका २१ जना र एक सुरक्षाकर्मी गरि २२ जनाको स्वाव पठाइएको गाउँपालिकाको क्वारेन्टाइनमा खटिनु भएका स्वास्थ्य शाखाका इन्द्र अर्यालले जानकारी दिनुभयो ।

वहाँका अनुसार ती सुरक्षाकर्मी सोहि क्वारेन्टाइनमा खटिदै आएका हुन् । स्वाव परीक्षणका लागि प्रादेशिक प्रयोगशाला विराटनगर पठाइएको छ । उनीहरुको स्वावको रिपोर्ट पर्सी शुक्रबार आउने अर्यालले जानकारी दिनुभयो । क्वारेन्टाइनमा यो समाचार तयार पार्दा सम्म ३३ जना छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय