#
मनोरञ्जन

सुशान्त सिंह अभिनित ‘दिल बेचारा’ को ट्रेलरले तोड्यो ‘एभेन्जर्स इन्फिनिटी वार’ को कीर्तिमान

  एजेन्सी   २५ असार २०७७, बिहीबार १५:५६

यतिबेला स्वर्गीय सुशान्त सिंह राजपूत अभिनित अन्तिम फिल्म ‘दिल बेचारा’ को ट्रेलरले उनका फ्यानहरुलाई भावूक बनाएको छ । मुकेश चाब्राले बनाएको यस फिल्ममा सन्जना सिघीं सुशान्तको अपोजिटमा छिन् । यो फिल्म हलिउड रोमान्टिक ड्रामा ‘द फल्ट इन आवर स्टार्स’ को आधिकारीक रिमेक हो । फिल्मको कथाअनुसार क्रमश ओस्टियोसरकोमा र थाइराइड क्यान्सरसँग जुधिरहेका युवा– युवती आफ्नो पीडाका बाबजुद एकअर्कासँग प्रेममा पर्छन् ।

यस फिल्मको ट्रेलर रिलिज भएको १६ घण्टाभित्रै युट्युबमा २ करोड १० लाखपटक हेरिएको थियो । अहिले भ्युज बढेर ५ करोड २५ लाख नाघिसकेको छ । त्यस्तै, टे«लरले युट्युबमा ८८ लाख लाइक पाएको छ । युट्युबमा यति धेरै लाइक विश्वका कुनै पनि फिल्मको ट्रेलरले पाएका छैनन् । ५० लाखभन्दा धेरै लाइक पाउने ‘दिल वेचारा’ पहिलो ट्रेलर हो ।

दोस्रो स्थानमा झन्डै ३० महिनाअघि रिलिज भएको ‘एभेन्जर्स – इन्फिनिटी वार’ को टे«लर छ, यसले ३६ लाख लाइक पाएको छ । यस ट्रेलरलाई २३ करोड ८८ लाखभन्दा धेरैपटक हेरिएको छ । त्यस्तै, तेस्रो स्थानमा मार्बल इन्टरटेनमेन्टकै एभेन्जर्स शृंखलाको अर्को फिल्म ‘एभेन्जर्स–इन्डगेम’ को ट्रेलर छ, यसलाई १० करोडभन्दा धेरैपटक हेरिएको छ र ३२ लाखभन्दा धेरै लाइक पाएको छ ।

सुशान्तले केही समयअघि मुम्बईस्थित आफ्नै अपार्टमेन्टमा आत्महत्या गरेका थिए । दिल बेचारा उनी अभिनित अन्तिम फिल्म हो । कोरोना भाइरस महामारीका कारण सिनेमा हलहरु बन्द भएको अवस्थामा यो फिल्म २४ जुलाईमा डिजिटल प्लेमफर्म डिज्नी हटस्टारमार्फत सार्वजनिक हुँदैछ ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु