दमक। झापाको दमकबाट दुइ जना लागु औषध कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय दमकका सादा पोशाकमा खटिएका प्रहरीले उनीहरुलाई बिहीबार राती ९ बजे पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा इलाम जिल्ला चुलाचुली गाउँपालिका वडा नम्बर ३ घर भइ हाल दमक नगरपालिका वडा नम्बर १ बस्दै आएका बर्ष २० का रोहन राई र इलाम माङसेबुङ घर भइ सोहि ठाउँ बस्ने बर्ष २२ का दिपेन लिम्बु रहेका छन् ।

लागु औषध कारोबारमा संलग्न भएको खबर पाएको प्रहरीको सादा पोशाकको टिमले उनीहरुलाई कोठाबाट नै पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट ४९.१२ ग्राम खैरो हिरोइनसँगै नगद ५२ हजार ६०५ रुपैयाँ पनि बरामद गरेको छ ।

त्यस्तै उनीहरुको कोठाबाट प्रहरीले दुई थान मोवाइन पनि बरामद गरेको प्रहरीले बतायो । पक्राउ परेका दुबै जनामाथी थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर