#
मुख्य खबर

गौरादहका १०१ जनाकै रिपोर्ट नेगेटिभ, निषेधित क्षेत्र पनि खुला

  सवाल नेपाल   २६ असार २०७७, शुक्रबार १५:४०

दमक। झापाको गौरादह नगरपालिका वडा नम्बर १ बाट पठाइएका १ सय १ जनाकै पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । परीक्षणका लागि ६१ जना पुरुष र ४० जना महिलाको स्वाव पठाइएको थियो । रिपोर्ट नेगेटिभ आएको नगरपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

त्यहाबाट काठमाण्डौं उपचारका लागि गएकी एक महिलामा कोरोना संक्रमण देखिएपछि समुदायमा पनि कोरोना छ कि भनि गरिएको परिक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

रिपोर्ट नेगेटिभ आएसँगै गत २२ गतेदेखि लागु गरिएको निषेध पनि खुला भएको नगरपालिकाले जनाएको छ । घाँटीमा समस्या भएपछि उपचारका लागि काठमाण्डौं गएकी महिलामा कोरोना संक्रमण पुष्टि भएपछि गौरादह नगरपालिकाले अर्को सूचना जारी नभए सम्मका लागि भन्दै पूर्वमा गोल्छा चौकदेखि पश्चिममा गेउरिया खोला , उत्तरमा चैतु चौकदेखि दक्षिणमा कार्की चोक सम्मको क्षेत्रमा आवागमनमा निषेध गरेको थियो ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु