दमक। लगातारको वर्षासँगै झापाको कन्काइ नदिमा आएको बाढीका कारण शिवसताक्षी नगरपालिकाका ९ घर परिवार विस्थापित भएका छन् । शिवसताक्षी नगरपालिकाका नगर प्रमुख चन्द्रकुमार शेर्माले कन्काइमा आएको बाढीले वडा नम्बर १० का ९ घरपरिवार विस्थापित भएको बताउनु भयो ।

वहाँका अनुसार शिवसताक्षीको वडा नम्बर ६ को पुरानो शिवगञ्ज बजार क्षेत्रमा पनि कन्काइको पानी पसेका कारण ढुवान भएको छ । लगातारको बर्षाका कारण सोक्षेत्रमा कन्काइले क्षति पुर्याउन थालेपछि अहिले झापाका प्रमुख जिल्ला अधिकारी सहितको टोलीले सो क्षेत्रको निरीक्षण गरिरहेको पनि नगर प्रमुख शेर्माले सवाल नेपाललाई जानकारी दिनुभयो । शिवगञ्ज बजारमा खोला उत्तर पटीबाट पसेर डुवान भएको पनि शेर्माले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय