#
मुख्य खबर

कोरोना संक्रमण भएर अस्पतालमा भर्ना भएका अमिताभ बचनलाई ओलीद्वारा दिए स्वास्थ्यलाभको कामना

  सवाल नेपाल   २८ असार २०७७, आईतवार २१:२६

काठमाण्डौं – कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका बलिउड अभिनेता अमिताभ बच्चनको स्वास्थ्य स्थिर भए पनि श्वासप्रश्वासमा सामान्य समस्या देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ‘अमिताभको अवस्था स्थिर भए पनि श्वासप्रश्वासमा थोरै समस्या देखिएको छ,’ हिन्दुस्तान टाइम्सले लेखेको छ।

अमिताभ र उनका छोरा तथा अभिनेता अभिषेक बच्चन, दुवैलाई कोरोना संक्रमण भएपछि शनिबार उनीहरू मुम्बईको नानावती अस्पताल भर्ना भएका हुन्। अस्पतालका अनुसार उनीहरूमा कोरोनाका सामान्य लक्षण छ र स्वास्थ्य स्थिर छ। आइतबार नानावती अस्पताल र महाराष्ट्र सरकारका स्वास्थ्य अधिकारीले दुवैको अवस्था स्थिर रहेको जानकारी दिएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका चर्चित अभिनेता अमिताभ बच्चन र उनको छोरा अभिषेक बच्चनलाई स्वास्थ्यलाभको कामना गरेका छन् । आइतवार अपराह्न सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री ओलीले कोरोना संक्रमित दुवैलाई स्वास्थ्यलाभको कामना गरेका हुन् । ‘भारतका महान अभिनेता अमिताभ बच्चन र उनको छोरा अभिनेता अभिषेक बच्चनलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,’ ओलीले आफ्नो ट्वीटरमा लेखेका छन् ।

त्यस्तै अमिताभ बच्चनकी श्रीमती जया बच्चन सहित बुहारी एश्वर्या राय बच्चनलाई पनि कोरोना संक्रमण भएको छ।भारतीय सञ्चार माध्यमका अनुसार जया सहित ऐश्वर्या र उनकी छोरी आराध्या बच्चनमा पनि कोरोना पोजेटिभ पाइएको छ।

 

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु