#
राष्ट्रिय खबर

डुबानमा परेको ९५ घरका ४५० जनाको उद्धार

  सवाल नेपाल   २८ असार २०७७, आईतवार २१:३७

मोरङ,असार-२८ गते । आज दिउसो साढे १२ बजे मोरङको बिराटनगर-१६ स्थितमा रहेको दरैया बस्तीमा रहेका ६५ घरमा केशलिया खोलामा आएको बाढी पसी क्षती भएको हुदा सो घरहरुमा रहेका ३०० जना मानिसहरुलाइ उद्वार गरी बिराटनगरको रानीमा रहेको मिल्स मा.बि.मा राखिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

यसै गरी बिराटनगर-१२ स्थित बखरी एरियामा रहेका ३० घरमा केशलिया खोलामा आएको बाढी पसी क्षती भएको हुदा सो घरहरुमा रहेका १५० जना मानिसहरुलाइ उद्वार गरी बखरी प्रा.वि.मा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु