झापा/सुनसरी,असार-२८ गते । झापा र सुनसरीमा खोलाले बगाउदा दुई जनाको मृत्यु भएको छ भनि दुई जना बेपत्ता भएका छन । हिजो साढे २ बजे झापा गाउँपालिका-५ बस्ने ३५ बर्षीय राजेश गणेशको खोलाले बगाएर मृत्यु भएको हो । मलामी गएको बेला बिरीङ खोलामा पौडी खोल्ने क्रममा डुबेर बेपत्ता भएका राजेशलाई खोजी गर्ने क्रममा हिजो बेलुका साढे ७ बजे ३ किलोमोटर तल खोलाको छेउमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसै गरी धरान-१३ स्थितमा रहेको सर्दु खोला तर्ने क्रममा ५५ बर्षीय राम बहादुर बस्नेतको खोलाले बगाएर मृत्यु भएको छ ।

हिजो दिउसो पौने ४ बजे खोलाले बगाएर बेपत्ता भएका बस्नेतलाइ खोजी गर्ने क्रममा आज बिहान ८ बजे ५ किलोमोटर तल खोलाको छेउमा उनको शव फेला परेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । साथै झापा भद्रपुर-३ बस्ने-३३ बर्षीय हिरण राईलाई खोलाले बगाउदा उनि बेपत्ता भएका छन । हिजो अपरान्ह साढे ४ बजे नजिकै रहेको मेची खोलामा नुहाउने क्रममा राईलाइ खोलाले बगाउदा उनि बेपत्ता भएका हुन । यसै गरी सुनसरी बराहक्षेत्र-६ बोराबान कोशी किनारामा दाउरा खोज्ने गएका बराहक्षेत्र-७ देबीघाट बस्ने १२ बर्षीय अनिल बस्नेतलाई खोलाले बगाउदा उनि बेपत्ता भएका छन । आज बिहान साढे ५ बजे कोशी नदीले बगाउदा उनि बेपत्ता भएका हुन । बेपत्ता भएकाहरुको खोजी कार्य भईरहेको छ ।

पहिरोमा परी ११ बेपत्ता, उद्धारमा खटिएका १ को मृत्यु ।

संखुवासभा,असार-२८ गते । संखुवासभा सिलिचोङ गाउँपालिका-१ बेसिन्दा स्थितमा अबिरल बर्षाको कारण पहिरो जादा ९ घर बगाएको छ भनि ११ जना बेपत्ता भएका छन । यसै गरी उद्धारमा खटिएका १ जनाको बेहोस भएर मृत्यु भएको छ । आज बिहानको राती २ बजे सिलिचोङमा पहिरो गएको खबर प्राप्तहुन साथ प्रहरी चौकी सिसुवाटार र जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी टोली घटनास्थल तर्फ खटि गएको छ ।

स्थानिय २ जना स्वास्थ्यकर्मी र स्थानिय मानिस सहित उद्धारमा खटिएको अवस्थामा हाल सम्म ५ जनालाइ उद्धार गरी स्वास्थ्यकर्मीहरुबाट उपचार भईरहेको छ। उद्धारमै खटिएको अवस्थामा स्थानिय २५ बर्षीय मदन राई एक्कासी वेहोस भएकोमा उनको आज बिहान सवा ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । बेपत्ता भएका ११ जनाको भनि खोजी कार्य भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय