#
राष्ट्रिय खबर

भानुभक्तको बिर्के टोपी लगाएर प्रधानमन्त्री ओली क्याबिनेट बैठकमा !

  सवाल नेपाल   २९ असार २०७७, सोमबार २०:४९

काठमाठौं । प्रधानमन्त्री केपी शर्मा ओली भानुभक्तले लगाउने बिर्के टोपीसहिति मन्त्रिपरिषद (क्याबिनेट) बैठकमा सहभागी भएका छन् । साझ ७ बजे बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओली कालो रंगको बिर्खे टोपीका साथ उपस्थिति भएका हुन् ।

भानु जयन्तीका अवसरमा प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा पनि ओलीले उक्त टोपी लगाएका थिए । सोमबार २०७ औँ भानु जयन्तीमा पनि भव्यताका साथ मनाइएको छ । कालो रंगको बिर्खे टोपी आदिकवि भानुभक्त आचार्यको चिनारीका रुपमा लिइन्छ ।

तनहुँको भानु नगरपालिकाले आदिकविको सम्मानका लागि कार्यालय समय र औपचारिक कार्यक्रममा बिर्के टोपी अनिवार्य गराएको छ ।

 

रातो पाटि बाट साभार 

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु