#
प्रदेश १

रतुवा खोलाले बगाएर बेपत्ता भएका ब्यक्ति मृत फेला

  सवाल नेपाल   ३१ असार २०७७, बुधबार २२:२९

मोरङ। रतुवा खोला तर्ने क्रममा बेपत्ता भएका रतुवामाई नगरपालिका ७ का २४ बर्षीय अरुण ऋषिदेव मृत फेला परेका छन् । गत सोमवार दिउँसो सवाँ ३ बजेको समयमा खोला तर्ने क्रममा अचानक बगाएर बेपत्ता भएका ऋषिदेवलाई ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा खोजतलास गर्ने क्रममा आज दिउँसो ३ बजे मृत अवस्थामा फेला पारेको हो ।

मोरङको रतुवामाई नगरपालिका ३ चौकीघाटबाट खोला तर्ने क्रममा बगाएको बगाएको उनलाई सो स्थान भन्दा करिव ३ किलोमिटर तल सोही खोलाको किनारामा कम्मर भन्दा मुनी बालुवामा पुरिएको अवस्थामा मृत फेला पारेको ईलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु