#
प्रदेश १

प्रदेश १ सहित यी स्थानमा भारि वर्षा हुन सक्ने

  सवाल नेपाल   ३ श्रावण २०७७, शनिबार ०८:४६

जल तथा मौसम विज्ञान विभागले शनिबारको मौसम पूर्वानुमान जारी गरेको छ । पूर्वानुमानका अनुसार हाल नेपालभर मनसुनी वायुको प्रभाव छ । साथै मनसूनी न्यून चापीय रेखा नेपालको तराई भूभाग देखि केही दक्षिण तिर अवस्थित छ।

यसैगरी, हाल देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जारी पूर्वानुमानमा जानकारी दिइएको छ ।

यसैगरी, शनिबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको हुनसक्ने सम्भावना रहेको छ । भने, प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक÷दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।

यस्तै, राति देशभर सामान्य देखी पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, गण्डकी प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानहरुमा र प्रदेश १, प्रदेश ५, बागमती प्रदेश, प्रदेश २ का एक÷दुई स्थानहरुमा भारी वर्षा हुन सक्ने मौसम विभागको पूर्वानुमानमा उल्लेख छ ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु