दमक, साउन ११ रोट्याक्ट क्लब अफ दमकले हिजो गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि बुक बिनको औपचारिक उद्घाटन गरि गाउँमा लाइब्रेरी भाग २कार्यक्रम सुरु गरेको छ ।रोट्याक्ट क्लब दमक बिगत ३ बर्षद्र्खी दमकमा रहेर विविध सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।

पठन सस्कृतिको बिकाससङै समाजमा शैक्षिक जागरण र चेतना विकास होस् र सबैमा सकारात्मक सन्देश प्रबाह गर्ने ठाउँ लाइब्रेरी बनोस् भनेर गाउँमा लाइब्रेरी कार्यक्रम सन्चालन गरिएको रोट्याक्ट क्लब अफ दमकका अध्यक्ष दधिराम ढकालले जानकारी दिनुभएको छ ।समाजमा ब्याप्त सामाजिक फोहोरलाई बुकबिन मार्फत सफा गरिदै लगिने र लाइब्रेरी बाट समाज परिवर्तनमा युवाहरुलाई समावेश गराउने ढकालले बताएका छन्।

बुक बिन उद्घाटन कार्यक्रममा दमक नगरपालिका उपमेयर गीता अधिकारी ,रोटरी क्लब दमक अध्यक्ष शान्ता ढकाल,रोटरी क्लब दमकका पुर्व अध्यक्षहरु गङा ढकाल,मोहन ढकाल,सन्दिप चापागाईं,मुक्तिनाथ भट्टराईसङै विभिन्न सामाजिक ब्यक्तित्वहरुको उपस्थिति रहेको कार्यक्रममा उपमेयर गीता अधिकारीले बुक बिनमा किताब छिराएर औपचारिक रुपमा बुक बिनको उद्घाटन गर्नु भएको थियो ।कार्यक्रममा २०० थान किताबहरु सङकलन भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय