#
मुख्य

हिमावी मधुमल्ला सडक निर्माण नसकिदै भत्किएको स्थानीयको गुनासो, नभत्किएको इन्जिनियरको दाबी

  उत्तम रिजाल   ११ श्रावण २०७७, आईतवार १४:५५

दमक/  झापाको दमक–२ स्थित हिमावी मधुमल्ला सडक निर्माण नसकिदै भत्किएको भन्दै स्थानीयले गुनासो गरेका छन् । हिमावी मधुमल्ला सडकको ७ किलोमिटर सडक निर्माण कार्य भैरहेको छ ।

९ करोड २९ लाख १४ हजार ४ सय ३० रुपैयाको बजेट रहेको सो सडकको केही स्थान बाहेक पीच गरिएको छ । तर ठाउँ–ठाउँमा भत्किएकोले स्थानीयहरु आक्रोशित भएका हुन् । उनीहरुले कमसल काम भएको आरोप समेत लगाएका छन् । एक स्थानीयले नाम नखुलाउने सर्तमा भने अस्ति भरखर पीच भएको हो ।

एक महिना पनि नपुग्दै भत्कियो । ठाउँ–ठाउँमा टाले, यो कस्तो पीच हो । उपभोक्ता समितिका अध्यक्ष विश्व बरालसँग यस विषयमा कुरा गर्दा वहाँले पानीमा पीच गरीएकाले भत्किएको जबाफ दिनुभयो । वहाँले भन्नु भयो, अलकत्र ओछ्याउँदा पानी परेको र पानी पर्दापर्दै पीच गरेकाले सडक भत्किएको हो ।

बरालले सडक निर्माण गर्दा ढाट लगाएको भएपनि गाडीहरु चलाएको र प्राइम हालेकाबेला गाडी चलाएका कारण पनि यस्तो अबस्था आएको भन्दै सडक निर्माणमा त्रुटि भएको स्विकार गर्नु भयो । त्यस्तै उपभोक्ता समितिका सदस्य नरहरी दाहालले प्राइमर लगाएको बेला गाडीहरु कुदाएको भन्दै उपभोक्ता सचेत नभएका कारण पनि सडक यस्तो भएको बताउनु भयो ।

त्यस्तै वडा नम्बर २ का वडा अध्यक्ष प्रजापति सापकोटाले बाटोको विषयमा आँफूले डिइसँग पटक–पटक कुरा गरेपनि बेवास्ता गरेको भन्दै आक्रोश पोख्नु भयो । वडा अध्यक्ष सापकोटाले यस विषयमा नगर प्रमुख रोमनाथ ओलीसँग कुरा गरेपनि त्यसको जबाफ नआएको बताउनु भयो । वहाँले बाटो स्तरीय नबनाइए उजुरी दिनेपनि बताउनु भयो ।

वडा अध्यक्ष सापकोटाले कुनैपनि निर्माणमा वडा अध्यक्षलाई जानकारी नगाराइ काम नगर्ने नियम लागू गर्नु पर्ने भन्दै वडासँग समन्वय नै नगरिएको गुनासो पनि गर्नु भयो । पूर्वाधार विकास कार्यालय भद्रपुर मार्फत निर्माण भइरहेको सडक गत चैत्र ३० गते भित्र नै निमार्ण सम्पन्न गनुपर्ने भएपनि काम गराइमा ढिला भएका कारण आगामी असोज सम्म काम सक्ने गरी समय थप भएको छ ।

यस विषयमा पूर्वाधार विकास कार्यालयका प्रमुख रमेश श्रेष्ठलाइ सडक भत्किएको छ, किन यस्तो भयो ? भनी जिज्ञासा राख्दा वहाँले सडक नभत्किएको भन्दै सडक कस्तो हो त्यो थाहा नभएका कारण यस्तो कुरा आएको दाबी गर्नु भयो । वहाँले भन्नु भयो यो सडक फरक खालको हो । यो प्रिमिक्स जस्तो होईन् । डबल विट्वीन सर्फेस डिबीएसडी भएकाले गाडी जती कुद्यो त्यति राम्रो हुदै जान्छ ।

त्यस्तै सडक निर्माण हेर्दै आउनु भएका इन्जिनियर लक्ष्मण यादवले सडक नभत्किएको दावी गर्नु भएको छ । वहाँले वर्षाका कारण सडक माथी देखिएको गिटी हटाउन नपाएका कारण त्यस्तो देखिएको पनि दाबी गर्नु भयो । पीच गरेकै दिन गाडी कुदेकोकारण केही ठाउँमा खाल्डो भएको तर नभत्किएको वहाँले दाबी गर्नु भयो । इन्जिनियर यादवले त्यस्ता खाल्डोमा प्याचिङ्ग गरिएको पनि बताउनु भयो । वहाँले भत्किएका ठाउँमा बनाइने पनि बताउनु भयो ।

त्यस्तै सब–इन्जिनियर ठकन सहनी मलाहले बाटो निर्माणमा कमजोरी नभएको दाबी गर्नु भयो । वहाँले भन्नु भयो गाडी जति धेरै कुद्छन तलको अलकत्र माथी आइ राम्रो हुदै जान्छ् । वहाँले यो प्रोजेक्ट अहिले नै नसकीएको भन्दै अहिले म्याद थप भएको र असोज सम्म सबै काम सकिने भएकाले अहिले नै सडक भत्कियो भन्न नमिल्ने दाबी समेत गर्नु भयो ।

त्यस्तै वहाँले गाडी चल्दै गएपछि अलकत्र माथी आएर पत्र बन्ने र जुन पत्रबाट पानी भित्र नपस्ने तथा चिप्लो राम्रो हुने पनि उल्लेख गर्नु भयो । निर्माण कम्पनीका संतोष कट्वालसँग फोन सम्पर्क गर्न खोज्दा वहाँले पटक पटक फोन काट्नु भयो । महादेव खिम्ती निर्माण सेवा प्रा.लि.ले निर्माण गर्दै आएको सो सडक निर्माण कार्यमा अहिले सम्म ७ करोड निकासा भइसकेको छ । तरपनि निर्माण कार्य भने सन्तोषजनक छैन् ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु