ओम आचार्य

नेपाली कांग्रेसको आफ्नै इतिहास छ । २००७ साल अर्थात राणाकाल देखी पंचायत काल अर्थात राजशाही काल सम्म आइपुग्दा कांग्रेसले आफ्नो परिचय प्रजातन्त्र र मानव अधिकार पक्षधर भएका राष्ट्रहरु सम्म नेपालमा यौटा प्रजातान्त्रिक पाटीको रुपमा परिचित गराइ सकेको थियो । र यसरी यौटा इतिहास वनाएको छ ।

त्यस्तै नेकपा एमाले र माओवादीको एकिकरण पछी विश्वराजनीतिमा कम्युनिस्ट सिध्दिदै गएको वर्तमान अवस्थामा नेपालमा नेकपाले

बहुमतको सरकार स्थापित गरेर इतिहास वनाउन सफल भयो ।

यसरी बनाएको इतिहास र परिचय यि पाटीहरुलाइ बचाउन गणतन्त्र स्थापना पछी निक्कै मेहनत गर्नु परेको देखिन्छ ।नेपाली काग्रेस र नेकपा पाटीले वनाएको इतिहास यसरी विग्रदै गयो जस्तो की गणतन्त्रको स्थापना पछी प्रतिनिधी सभाको निर्वाचनमा अन्य पाटीहरु अत्यन्तै न्युन रुपमा राष्ट्रीय पाटीको रुपमा स्थापित भए तर सरकार निर्माणामा केही पाटीहरुको मात्र प्रमुख भुमिका रहयो र अन्य पाटीहरु गौण रहे ।

यस्तो परिस्थितिमा सासाना पाटीहरु र राष्ट्रीय पाटीमा हैसियत वनाएका तर सरकार सम्म पुग्न नसकेका पाटीहरुमा विचलन सुरु भयो र ठुला पाटीहरु जस्तो नेपाली काग्रेस नेकपा एमाले जस्ता पाटीहरुमा सत्तामोह भएकाहरुले प्रवेश गर्ने र ति पाटीहरुमा आफु र आफ्नो पाटी विलय गर्ने कार्य सुरु भयो ।

नेपाली काग्रेस , नेकपा एमाले जस्ता पाटीहरुले अन्य राजनीतिक दल र ति दल संग आवध्द व्याक्तीहरुलाइ पाटी प्रवेस गराउदा अपनाइने नीति नियम विधी पध्दती किन सरल ?साथै विलय हुने पाटी या त्यो पाटी संग आवध्द रहदा रहेको पदमा नै समायोजन गर्ने र उनिहरुको माँग बमोजिम पद दिने पध्दती संग सहमत हुन सच्चा कार्यकर्ता सकिरहेका छैनन।

नेकपामा अहिले वडिरहेको मतान्तर , विरोध र पाटी फ़ुटको नजिक पुगिसकेको अवस्था नेकपा एमाले भित्र अन्य फरक विचार फ़रक सिध्दान्त भएकाहरुको प्रवेसले नै हो । यस्ले पाटी भित्र तनाव र विघटन पैदा गर्छ र यो तनाव एकिकरण पुर्व को पाटीले नै सबै भन्दा वडी व्योहर्नु पर्छ , त्यो यस कारणले हो की नेकपा मा फ़ुट भयो भने एकिकरण पुर्व को अवस्था मा पाटी पुक्छ यस्तो अवस्थामा वडी तनाव नेकपा एमाले र त्यसंग आवध्द नेताहरुले नै व्योहर्नु पर्छ ।

पाटीहरुको यस्तो वर्तमानमा परिस्थितीले पाटीले वनाएको छवि , र इतिहास धमिलो हुदै जाने देखिएको छ ।

नेपाली काग्रेसको इतिहास सुन्नै नचाहने , नेपाली कांग्रेसलाइ अराष्ट्रिय तत्व सम्म भन्नेहरुलाइ पनि पाटीमा सम्मानपुर्वक पाटी प्रवेस गराउदै राम्रो हैसियतमा राखेर पदाधिकारी सम्म वनाउने गरेको देखिएको छ यस्तो प्रवेश ले नेपाली कांग्रेसको भविस्य नेपाली काग्रेसको इतिहास सुध्रन्छ कि विग्रन्छ ?यो पाटी नेतृत्व पक्तीले बुज्ने कुरा हो ।

अहिले काग्रेस र नेकपामा जुन द्वन्द छ जुन तनाव छ त्यो पाटी प्रवेस गर्नेहरुको विसयलाइ लिएर र प्रवेस गरिसकेपछी देखिएको द्वन्द नै हो । पाटी प्रवेस गराउदा र प्रवेस गरेकाहरुबाट पाटीमा नै जीवन विताएको पाटीलाइ नै जीवन दिएकाहरु अपमानित र हिनताबोध हुनु हुदैन र तत्काल प्रवेश गरेकालाइ तिनिहरुलाइ नै नेता मान्नु पर्ने अवस्था अस्मिता ले दिदैन र वर्तमानमा समस्या यही हो ।

विदेशी महिलालाइ विवहा गरेर ल्याउदा उनिहरुलाइ दिइने नागरिकता मा त यौटा समयावधि निर्धारण गरेर नागरिकता वितरण गर्ने प्रावधान छ त्यो पनि विवाहिता नारीलाइ जस्को थर गोत्र विवाह गरेकै मितिवाट श्रिमानको हुन्छ । पाटी प्रवेस मा त त्यस्तो केही हुदैन प्रवेस गर्ने वित्तिक्कै पद दिनु पर्ने यो अलिक मिलेन की ? त्यसरी पाटी प्रवेस गर्ने हरुलाइ निस्चित यौटा समयावधि तोकेर उनिहरुको आचरण पाटी हित विपरित छ छैन ? त्यो परिक्षण गरेर मात्रै पदकों समायोजन गर्नु नेपाली काग्रेसमा जरुरि छ किन भने इतिहास वोकेको नेपाली काग्रेसको , प्रजातन्त्र र मानव अधिकारको लागी आफ्नो परिचय वनाएको नेपाली काग्रेस को इतिहास पाटि प्रवेस भएकाहरुवाट न धमिलियोस न विग्रियोस । नेपाली काग्रेसमा प्रवेस गर्नु गौरव को कुरा सम्मानको कुरा हो यसरी यस्तो पाटीमा प्रवेस गराउदा यौटा विधी पध्दती र समय निर्धारण पछी मात्रै समायोजन गर्नु पर्छ किनभने

पाटी प्रवेसको कुराहरु गरिरहदा एक अर्काको अन्तिम हदै सम्म विरोधका श्वरहरु व्यक्तिगत रुपमा र पाटिगत रुपमा पनि हदै सम्म विरोध गर्ने पनि सत्तामोहका कारण पाटी प्रवेस र विलय गर्ने गरेका र पुन विग्रह पनि सत्तामोह कै कारण हुने गरेको राजनीतिले गणतन्त्रको संस्थागत विकासमा बाधा पुर्याएको र पुर्याउने गरेको छ र अर्को तिर पाटीको सिध्दान्त विचारमा पनि विचलन ल्याउछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय