दमक। झापाको दमकका छबि बाँसकोटाको अध्यक्षतामा सहयोगी हात नेपाल गठन भएको छ । दमकको संगम स्विट्सको सभाहलमा आज एक कार्यक्रमकाबीच सो संस्था गठनको औपचारीक जानकारी दिइएको हो । केन्द्रीय कार्यालय दमक रहने गरी गठन भएको संस्थामा अहिले झापा र इलामका युवाहरुलाई समेटेर केन्द्रीय कमिटी गठन गरिएको छ ।

१३ सदस्यीय केन्द्रीय सदस्य रहेको सो संस्था सामाजिक कार्य गर्ने उदेश्यका साथ स्थापना गरिएको बताइएको छ । संस्थाको वरिष्ठ उपाध्यक्षमा रमा लिम्बु रहनु भएको छ भने उपाध्यक्षमा भानुभक्त खतिवडा रहनु भएको छ ।

त्यस्तै संस्थाको महासचिवमा राजु खड्का, सचिवमा रमेश अधिकारी, सह–सचिवमा पुनम भट्टराई, कोषध्यक्षमा खेमराज अधिकारी, सह–कोषाध्यक्षमा रोशन अधिकारी रहनु भएको छ ।

संस्थाको सदस्यहरुमा विनिता भट्टराई, राजेश पौडेल, जितेन्द्र थापा र दिपीन दाहाल रहनु भएको छ । त्यस्तै संस्थाको वरिष्ठ सल्लाहकारमा गोकुल श्रेष्ठ, कानूनी सल्लाहकारमा विमल शर्मा र संचार संयोजकमा उत्तम रिजाल रहनु भएको छ ।

संस्थाको बारेमा जानकारी गराउँदै अध्यक्ष बाँसकोटाले युवा पुस्ता सामाजिक कार्यमा लागे समाज परिवर्तन गर्न समय नलाग्ने प्रतिक्रिया दिनुभयो । बाँसकोटा यसअघि पहिलो पाइला दमकका अध्यक्ष हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय