
दमक। पहिलो पाईला दमकले झापाको दमक–९ मा रहेको अनाथ बाल आश्रमलाई सहयोग गरेको छ । पहिलो पाइला दमकका अध्यक्ष दीपक खड्काले आफ्नो छोरा साइनको जन्मदिनको उपलक्ष्यमा पहिलो पाईलालाई दिएको सहयोग संस्थाले शुक्रबार एक कार्यक्रमकाबीच आश्रमकी उपाध्यक्ष मन्दिरा पौडेललाई हस्तान्तरण गरेको हो ।
संस्थाका केन्द्रीय अध्यक्ष विजय खड्का, दमक शाखाका अध्यक्ष दीपक खड्का लगायतले उक्त सहयोग हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा बोल्दै आश्रमकी उपाध्यक्ष पौडेलले अनाथहरुलाई खुसी पार्न सहयोग गरेको भन्दै खुसी ब्यक्त गर्नु भयो । वहाँले पहिलो पाईलाले यसअघि पनि सहयोग गरेको भन्दै पहिलो पाईलाको सफलताको कामना पनि गर्नु भएको थियो ।
पहिलो पाईलाले आश्रमलाई डिस होम, भुजा, चाउचाउ, विस्कुट लगायत सहयोग गरेको छ । २०६० सालमा स्थापना गरिएको सो बाल आश्रममा अहिले १७ जना छन् । पहिलो पाईला दमकका अध्यक्ष खड्काले आश्रममा रहेकालाई टेलिभिजन हेर्न सहज होस भन्ने उदेश्यले डिस होम सहयोग गरेको सवाल नेपाललाई प्रतिक्रिया दिनुभयो । वहाँले पहिलो पाईला सामाजिक कार्य गर्नकै लागि स्थापना भएकाले सहयोग जारी रहने पनि प्रतिक्रिया दिनुभयो । कार्यक्रममा पहिलो पाईला दमकका पूर्व अध्यक्ष छबि बाँसकोटा लगायत शाखाका सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संस्थाका सचिव मेघनाथ फुयाँलले सञ्चालन गर्नु भएको थियो । सो संस्थाले शुक्रबार नयाँ सदस्यहरुलाई संस्थामा स्वागत समेत गरेको छ ।
फेसबुकमा तपाईको प्रतिक्रिया