
काठमाडौं । लायन्स क्लव अफ काठमाडौ युनाइटेड फ्रेन्ड्स, लायन्स क्लब अफ काठमाडौ युनाइटेड हार्मोनी र लियो क्लव अफ काठमाडौ युनाइटेड फ्रेन्डसको संयुक्त आयोजनामा वृक्षाराेपण कार्यक्रम सम्पन्न भएकाे छ। स्वच्छ र स्वस्थ्य मानव जीवनका लागि वातावरणकाे संरक्षण र संवर्द्धन अपरिहार्य रहेकाे भन्दै तिन वटै क्लवकाे आयोजनामा साे वृक्षाराेपण कार्यक्रम बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ स्थित सुन्दरटारमा सम्पन्न गरिएकाे हाे।
क्लबका अध्यक्ष लायन दिपक थापाको सभाध्यक्षता र क्लवका डिरेक्टर लायन एकराज शिवाकाेटीकाे संयाेजकत्वमा भएको सो कार्यक्रममा प्रमुख अथितिद्वय बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ का अध्यक्ष राजेन्द्र खड्का र डेपुटी काेर्डिनेटर जी एम टी लायन महेश प्रसाद पाेखरेल र विशेष अतिथीका रूपमा युनाइटेड फ्रेन्ड्सका चार्टर प्रेसिडेन्ट एवम् डिष्ट्रीक डिपार्टमेन्ट चिफ (जेरो वेस्ट ) लायन यदुराज लामिछाने (आशिष), डिष्ट्रीक डिपार्टमेन्ट चिफ ( लियो प्रोजेक्ट / युथ इमपावरमेन्ट / युथ सिम्पोसाइम लायन्स क्वइष्ट ) लायन प्रकाश रायामाझी, लायन मणिराज लामिछाने, वडा सदस्य राजेन्द्र श्रेष्ठ र ज्ञानु कार्की (थापा)काे उपस्थिति रहेकाे थियाे ।
त्यस्तैगरी लायन्स क्लव काठमाडौ युनाइटेड फ्रेन्ड्सबाट सचिव लायन सुरेश धमला, सहकाेषाध्यक्ष लायन दिप्रश शाक्य, मेम्बर सीप चेयर पर्शन लायन भगवती घिमिरे, सर्भिस चेयर पर्शन लायन वेदनाथ ढकाल, डिरेक्टर लायन पवन मैनाली र लायन सर्मिला ढकालको उपस्थिति रहेको थियो। त्यस्तै लियाे क्लव अफ काठमाडाैं युनाइटेड फ्रेन्ड्सबाट अध्यक्ष लियाे स्मृति कुँवर, थर्ड भाइस प्रेसिडेन्ट लियाे अनु कार्की, कोषाध्यक्ष लियो दीपा दाहाल, सहकाेषाध्यक्ष लियाे अनिश लामा, सदस्य लियो अमृत भट्टराई लगायतकाे सहभागिता थियाे भने लायन्स क्लव अफ काठमाडाैं हार्माेनीका तर्फबाट सचिव लायन ध्रुव कुमार कुइँकेल, उपाध्यक्ष लायन नवीन खनाल, स्वास्थ्यकर्मी सरीता अधिकारि, कार्यक्रमकाे व्यवस्थापनमा विशेष भूमिका निर्वाह गर्नुहुने समाजसेवी अम्बिका कार्की, डम्बर बहादुर कार्की, टाेल सुधार समितिका प्रतिनिधिहरू लगायत स्थानीयवासीहरूकाे सक्रीय सहभागिता रहेकाे थियाे।
कार्यक्रममा विषेश सहयोगीको रुपमा इको विजनेश हाउस, गुण ग्रुप, अटो नेपाल, ह्यापन वेल, एस थ्री जि इलेक्ट्रोनिक्स,सास्ता डेइजी क्रन्ची चिकेन एण्ड बर्गर हाउस, कार्यविनायक फर्निचर सेन्टर र सहयोगी महिला जागरण मञ्च, एडिबी मार्केट, पाराडाइम पब्लिक स्कूल, सुन्दरटार टाेल सुधार समिति लगायत रहेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी वडाध्यक्ष राजेन्द्र खड्काले वातावरण संरक्षणका लागि हरियाली वनजंगल अावश्यक भएकाे र त्यसका लागि वृक्षाराेपण उत्तम विकल्प भएकाे बताउँदै विषम परिस्थितिका बीचमा पनि लायन्सले साे काम गरेकाेप्रति प्रसंशा व्यक्त गरे। कार्यक्रमलाई सम्बोधन गर्दै आयोजकको तर्फबाट लायन एकराज शिवाकाेटीले सबैलाई धन्यवाद ज्ञापन गर्दै क्लवले लायनवादको यात्रमा अविचलित भइ निरन्तर सामाजिक सेवाका काम गर्ने वाचासहित कार्यक्रमको समापन गरेका थिए ।
[email protected] मा पठाउनु होला।
फेसबुकमा तपाईको प्रतिक्रिया