#
कोरोना

शिवसताक्षीका ६ जनाले नै जिते कोरोना

  सवाल नेपाल   १७ श्रावण २०७७, शनिबार ११:०५

दमक। झापाको शिवसताक्षी नगरपालिकाका ६ जनाले नै कोरोना भाइरसलाई जितेका छन् । यसअघि ५ जनाले जितिसकेका र पछि वडा नम्बर ६ का एक संक्रमितले पनि कोरोना जितेर घर फर्किएको शिवसताक्षी नगरपालिकाको फोकल पर्सन रोशन अधिकारीले सवाल नेपाललाई जानकारी दिनुभयो ।

शिवसताक्षीका ४ पुरुष र २ महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै झापामा शतप्रतिशत कोरोना जित्ने स्थानिय तहको संख्या ४ पुगेको छ ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sawalnepa[email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु