#
कोरोना

इलाममा एकैदिन १७ जना सशस्त्र प्रहरीमा कोरोना पुष्टि

  सवाल नेपाल   १७ श्रावण २०७७, शनिबार १६:३७

इलाममा आज एकैदिन १७ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । विराटनगरमा रहेको प्रदेश प्रयोगशालामा ४० जनाको स्वाब सङ्कलन गरी पठाइएकामध्ये १७ जनामा रिपोर्ट पोजेटिभ आएको सशस्त्र प्रहरी गणका एसपी सुधीरजंग थापाले जानकारी दिनुभयो ।

योसँगै इलाममा २७ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कुल सङ्क्रमितको सङ्ख्या ५७ पुगेको छ । बाँकी ४० जनाको स्वाब सङ्कलनको तयारी भइरहेको र पोजेटिभ देखिएका सबैलाई थप उपचारको लागि मोरङ गोठगाउँको कोरोना अस्पताल लैजान लागिएको एसपी थापाले बताउनुभयो ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु