काठमाडौ १६ डिष्ट्रीक ३२५ बी टु नेपाल एरिया नम्बर १ अन्तरगत जोन ३ का जोन चेयर पर्सन एम जे एफ लायन अनिल बरालको अध्यक्षतामा प्री जोन एडभाइजरी मिटिङ्ग सम्पन्न भएको छ ।

थापा गाउको कार्निभल रेस्टुरेन्टमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा पि डि जि लायन अनुप कुमार पहारी र विषेश अतिथिको रुपमा रिजन चेयर पर्सन लायन प्रदीप गुवाजु,डेपुटी कोर्डिनेटर जी एम टी लायन महेश प्रसाद पोखरेल ,एरिया नम्बर १ का एरिया चिफ लायन अमर ज्योती रन्जित र डि डि सि ( जेरो वेष्ट ) लायन यदुराज लामिछाने (आशिष् )को उपस्थिती रहेको थियो ।कार्यक्रममा लायन्स क्लव अफ काठमाडौ युनाइटेड फ्रेन्ड्स ,युनाइटेड हार्मोनी र युनाइटेड सगरमाथाका पी भि एस टि ( PVST ) अन्तरगतका पदाधिकारीको उपस्थिती रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिती र विषेश अतिथिले विषम परिस्थितिमा पनि एम जे एफ लायन अनिल बरालको सक्रियताले जोन ६ लाइ एक उदाहरणिय जोनको रुपमा प्रस्तुत गरेको कुरा व्यक्त गरेका थिए ।कार्यक्रमको अन्त्यमा सभाध्यक्ष बरालले लायन्स वादको मुलबाटोमा सधै लागिरहने वाचा गर्दै सबैलाइ कृतज्ञता ज्ञापन गरि कार्यक्रम समापन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय