काँकडभिट्टा। झापाको काँकडभिट्टामा खुकुरी प्रहारबाट एक बृद्ध गम्भीर घाइते भएका छन् । मेचीनगर–६ काँकडभिट्टा स्थित लक्ष्मी टोलमा घरायसी विवादका कारण आवेशमा आएर ७७ वर्षीया पूर्णमाया तामाङले ८१ वर्षीय श्रीमान् जयबहादुर तामाङको मङ्गलवार राति ७ बजे टाउकोमा खुकुरीले प्रहार गरेकी प्रहरीले जनाएको छ।

पूर्व भारतीय आर्मी समेत रहेका जयबहादुरको पूर्णमायाले टाउकोमा तीन पटक खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । घाइते जयबहादुरलाई तत्काल उपचारका लागि बिर्तामोड स्थित विर्तासिटी अस्पताल पठाइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय