दमक। झापाका थप ८ जनामा आज कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज संक्रमण पुष्टि हुने सबै मेचीनगर नगरपालिकाका हुन् । मेचीनगरबाट ८४ जनाको स्वाब संबलन गरी पठाइएकोमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको मेचीनगरका फोकल पर्सन नविन बरालले सवाल नेपाललाई जानकारी दिनुभयो । संक्रमण पुष्टि हुनेमा ७ पुरुष र एक महिला छन् ।

वहाँका अनुसार मेचीनगरमा अहिले सम्म ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यद्यपि ६५ जनाले कोरोना जितिसकेका छन् । आज संक्रमण पुष्टि भएकालाइ उपचारका लागि कहाँ पठाउने भन्ने अहिले सम्म तय नभएको पनि बरालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय