स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशैभर ३ सय ६० मा कोरोना संक्रमण देखिएको जनाएको छ । बिहीवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ सय ६० कोरोना संक्रमित भेटिएको बताएका हुन् ।

यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार २ सय ९६ रहेको छ । प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ जिल्लामा ७६, भक्तपुरमा १ र ललितपुरमा १० जनामा संक्रमण देखिएको छ ।

पछिल्ला केही दिनमा संक्रमणको दर बढेको छ । उपत्यका काठमाडौँमा पनि संक्रमणको दर विस्तार भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २ सय ३३ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय