#
राष्ट्रिय खबर

झापाको कमल गाउपालिकामा सुतेकै ठाउँमा हात्तीले ज्यान लियो

  सवाल नेपाल   २३ श्रावण २०७७, शुक्रबार ०७:४५

दमक । झापाको दमकसगै जोडिएको कमल गाउँपालिका वडा नम्बर ५ मा जंगली हात्तीले सुतेकै ठाउँमा आक्रमण गर्दा एक जनाको ज्यान गएको छ ।

आज बिहान पाडाजुङीबाट करीब २ किलोमिटर उत्तर तर्फको बस्तीका अन्दाजी ६० बर्षका रोहित रेग्मीको ज्यान गएको स्थानीय दिनेश अधिकारीले जानकारी दिए । उनका अनुसार बस्तीबाट उत्तर चुलाचुलीस्थित जङ्गलबाट ३ वटा हात्ती गाउँ प्रवेश गरेका थिए । रेग्मीलाई सुतेकै ठाउँमा हात्तीले ज्यान लिएको हो ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु