मानिसको स्वभाव र भाग्य समेत जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रीको दावी छ । हिन्दु धर्म अनुसार पनि मानिसको जन्म समय, तिथि, बार, स्थान अनुसार उसको ग्रह दशा, भविष्य र भाग्यको निर्धारण हुने बताइन्छ । मानिसको आचरण र भाग्य पनि कस्तो हुन्छ त भन्ने कुरा जन्मबार बाट थाहा पाउन सकिने कुरा ज्योतिष विज्ञानले मान्दछ । यसर्थ जन्म बार अनुसार मानिसको स्वभाव कस्तो हुन्छ भनेर यहाँ उल्लेख गरिएको छ ।

शुक्रबार जन्मिएको मानिसको भविष्य र आचरण कस्तो हुन्छ ?

शुक्रबार जन्मेका व्यक्तिको मन, दिमाग र शरिर निकै राम्रो हुने गर्दछ ।
यिनीहरु रचनात्मक क्षेत्रमा बढी हुन्छन् ।

शुक्रबार जन्मिएका व्यक्ति अरुलाई धोका नदिने र आफूपनि धोका नपचाउने खालका हुन्छन् ।
सकारात्मक सोचसँगै जीवनमा अघि बढ्ने स्वभाव,हतपत नरिसाउने तर रिसाएमा फर्किन समय लाग्ने स्वभाव यो वार जन्मिएको मानिसमा पाइन्छ ।

शुक्रबार जन्मिएकाहरुालाई संगीत, फिल्मी क्षेत्र, मिडिया, खेलजस्ता कुराहरुले आकर्षित गर्ने गर्दछ ।
उनीहरुको वैवाहिक जीवन निकै सुखमय तरिकाले व्यतीत हुने गर्दछ र उनीहरुले निकै राम्रो जीवनसाथी पाउने गर्दछन् ।
यिनीहरु मलिन स्वरले बोल्ने र मिठो मुस्कानका धनी हुने गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय