#
कला/साहित्य

सन्त कविरका मननयोग्य भनाईहरु

  सवाल नेपाल   २३ श्रावण २०७७, शुक्रबार १३:०३

अहिले धर्मको कुरालाई लिएर विश्व विभाजित छ । कुन धर्म सही हो, कसको विधी उचित हो, कुन सत्य हो ? यसबारे सबैको एकमत छैन । किनभने धर्म के हो भन्ने कुरामै मान्छेहरु स्पष्ट छैनन् । यसमा ठूलो भ्रमजाल विच्छ्याइएको छ । र, धर्मको नाममा अनेक धन्दा चलाइदैछ । यस्तै ढोंग, अन्धविश्वास, आडम्बर बिरुद्ध आवाज उठाउने सन्त हुन्, कविर । सन्त कविरको जन्म आजभन्दा ६ सयबर्षअघि जन्म भएको मानिन्छ । उनलार्ई विद्रोही सन्त भनिन्छ । जतिबेला उनी जन्मिए, त्यसबेला धार्मिक पाखण्डको साम्राज्य फैलिएको थियो । त्यही पाखण्डहरुको उनले उछितो काडे । उनी भन्थे, ‘वो ही मोहम्मद, वो ही महादेव, ब्रम्हा आदमा कहिए, को हिन्दु, को तुरुक कहाए, एक जिमि पर रहिए ।’ अतः यहाँ उनै सन्तको मननयोग्य भनाईहरु पेश गरिएको छ । रातलाई निन्द्रामा नष्ट ग¥यौं, सुतिरह्यौं । दिनमा भोजन गर्ने फुर्सद पनि मिलने । यो मनुष्यको जन्म हीरा समान बहुमूल्य थियो तर, तिमीले व्यर्थ बनायौं भने जीवनको मूल्य के रहन्छ ? बस एक कौडी ।

– मनलाई नै आफ्नो शिष्य, सेवक बनाउँ । र, यसैलाई ज्ञान–उपदेश देउ । अर्थात अरुलाई छाडेर आफ्नै मनलाई ज्ञान–विचारले दीक्षित गरी पवित्र बनाऔं । यस प्रकार मनलाई आफ्नो वशमा लिनुपर्छ । सारा संसार उसको शिष्य हुन्छ ।

– चन्चल मनको कुनै स्थिर मत हुँदैन । यसको जुन अज्ञातपूर्ण खराब बानी हुन्छ, स्वअध्ययन–साधनाबाट त्यसलाई छुटाऔं ।

– सर्पको दाँतमा विष हुन्छ, झिँगाको टाउकोमा र बिच्छुको पुच्चरमा । तर, दुर्जन व्यक्तिको पुरा शरीरमा विष हुन्छ ।

-दुख–संकटमा पनि साधु पुरुष हतोत्साही हुँदैन । जसरी सुनलाई जति जलाइन्छ, उत्तिनै निखार आउँछ ।

-ज्ञानले मात्र के हुन्छ, जब उसको आचारणमा स्थिरता छैन भने । जसरी कागजको महल देख्नसाथ भत्कन्छ, त्यसरी नै आचरण नभएको मानिस शीघ्र पतित हुन्छ ।

-जब तिम्रो जन्म भयो, तिमी रोयौं, जगत हाँस्यो । आफ्नो जीवनलाई यसरी जिउनु पर्छ कि, जब तिमी मर्छौं, दुनिया रुन्छ, तिमी हाँस्छौं ।

– कुनैपनि सज्जन वा साधको जात नसोध, उसको ज्ञान सम्झनुपर्छ । सधै तरवारको मूल्य हुन्छ, त्यसलाई ढाक्ने खोलको होइन ।

-मन रंगिएको छैन, लुगा मात्र रंगायौं । आत्मभित्रको देवलाई छाडेर मन्दिरभित्रको ढुंगा पूज्न थाल्यौं ।

-मानिसको स्वभाव के हुन्छ भने, जब दोस्रोको दोष देख्छ, तब हाँस्न थाल्छ । तब उनलाई आफ्नो दोष थाहा हुँदैन ।

-यस संसारमा मानव जीवन मुस्किलले मिल्छ । यो मानव शरीर त्यस्तै हुन्छ, जसरी वृक्षकाट पात झर्छ फेरी त्यो मिल्दैन ।

-यस संसारमा आएर केवल यति सोंच कि सबैको भलो होस् । यदि संसारमा कैसँग मित्रता छैन भने, दुश्मनी पनि किन ?

– जसरी पानीको फोका हुन्छ, त्यसैगरी मनुष्यको शरीर क्षणभंगुर छ । जब बिहान हुन्छ, सबै तारा लुक्छ । त्यसैगरी शरीर पनि एकदिन नष्ट हुन्छ ।

-यस संसारका व्यक्तिको शरीर पंक्षी बनेको छ, जहाँ उसको मन हुन्छ, शरीर उडेर त्यही पुग्छ । सत्य यो कि, जसले जे गर्छ, उसले त्यही फल पाउँछ ।

-जब म यस संसारमा खराब खोज्न निस्किएँ, तब खराब केही पाइन । जब मैले आफ्नै मनलाई झपारेर हेरें, तब म भन्दा खराब कोही पाइन ।

-ठूल–ठूला पुस्तकको ठेली पढेर यस संसारमा कति मान्छे मृत्युको ढोकामा पुगे, तर सबै विद्वान भएनन् । तर, कोही प्रेम वा प्यारको केवल अढाईं अक्षर राम्ररी पढ । अर्थात प्रेमको वास्तविक रुपले पहिचान गर, साचो ज्ञान त्यही हो ।

-शरीरमा भगवानको बस्त्र धारण गर्नु त सरल हुन्छ, तर मनलाई योगी बनाउन गाह्रो हुन्छ । यदि मन योगी भयो भने सबै सिद्धि सहज हुन्छ ।

– जे भोलि गर्नुछ, त्यसलाई आज गर । जुन कुरा आज गर्नुछ, त्यो पनि आज नै गर । कुनैपनि घडीमा तिम्रो जीवन समाप्त हुनेछ । त्यसबेला केही गर्नै पाउने छैनौं ।

– कुनैपनि कुरा माग्नु मृत्यु बराबर हो । त्यसैले कसैसँग पनि भीख नमाग । आफ्नो पुरुषार्थले स्वयम् यस्ता चिज प्राप्त गर, कसैलाई माग्न नै नपरोस् ।

– मनलाई स्थिर राख्दा नै सबैकुरा हुन्छ । यदि कुनै मालीले कुनै रुखलाई जतिसुकै गाग्राी पानिले सिंचित गरेपनि फल त ऋतु आएपछि नै लाग्ने हो ।

-कति व्यक्ति लामो समयसम्म मोतीको माला लिएर हातमा घुमाइरहन्छ, तर उनको मनको भाव बद्लिदैन । उसको मनमा जुन हलचल हुन्छ, त्यो शान्त हुँदैन । हातको यी माला घुमाउन छाड, मनलाई मोतीमा बदल्ने प्रयास गर ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु