काठमाडौं / सरकारले सथानीय तह तथा जिल्ला स्तरबाट लकडाउन गर्ने तयारी गरेको छ । कोरोना संक्रमणको दर बढ्दै गएपछि सरकारले नेपालभर एकैपटक लकडाउन नगरी स्थानीय तह तथा जिल्ला स्तरबाट लकडाउन गर्ने तयारी गरेको हो ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा प्रविधि तथा अर्थमन्त्री डा. युवराज खतिवडाले तत्काल देशभर लकडाउन नहुने तर संक्रमणको अवस्था हेरेर स्थानीय तहा वा जिल्ला स्तरबाट लकडाउन गर्ने सकिने जानकारी दिनुभयो । संक्रमणबाट त्रसित भएर यसअघिको जस्तै देशभर लकडाउन हुने मनस्थिति कसैले पनि बनाउनु नपर्ने डा. खतिवडाकाे भनाइ छ ।

‘जुन जिल्लामा कोरोना संक्रमणको अवस्था सामान्य भइसकेको छ, त्यहाँ खुकुलो गरेर अघि बढ्ने र जहाँ संक्रमण बढिरहेको छ त्यहाँ स्थानीय वा जिल्ला स्तरबाट कडाई गरिनेछ ।’ डा. अतिवडाले भन्नुभयो, ‘कतिपय स्थानमा लकडाउन पनि गरिएकै छ ।’ काठमाडौंलगायत मुख्य स्थानमै कोरोना संक्रमण भेटिएकाले केही कडाई गर्न शुरु गरिएकाले जनजीवनमा केही कठिनाई आउन सक्ने तर सार्वजनिक सेवा लिने कुरामा केही दिन हतार नगर्न खतिवडाले आग्रह गर्नुभयो । सरकारले संक्रमण रोक्न प्रतिकारात्मक र उपचारात्मक विधि अपनाएर काम गरिरहेको उहाँको भनाइ छ । जनता समाचार बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय