काठमाडौँ । बलिवुड अभिनेता अभिषेक बच्चन कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । शनिबार गरिएको पिसिआर परिक्षणमा अभिषेकको रिपोर्ट निगेटिभ आएको आफैले जानकारी दिएका छन् ।

उनले भनेका छन् – मैले बाचा गरेको थिए, यसलाई हराउछु भनेर, अभिषेकले कोरोना रिपोर्ट निगेटिभ आएपछि आफ्ना समर्थक, अस्पतालका डाक्टर र नर्सहरुलाई धन्यवाद दिएका छन् ।

कोरोना संक्रमण भएपछि गत असार २७ गते आफ्ना पिता अमिताभ बच्चनसँगै मुम्बईस्थित ननावती अस्पतालमा अभिषेक भर्ना भएका थिए । उनीसँगै संक्रमित भएका उनकी श्रीमती ऐश्वर्या राय र उनकी छोरी आराध्याले पनि कोरोना जितिसकेका छन् ।

ऐश्वर्या र आराध्या श्रावण १२ गते अस्पतालबाट डिस्चार्ज भएका थिए भने अमिताभ बच्चन श्रावण १८ गते अस्पतालबाट डिस्चार्ज भएका थिए ।

योसँगै बच्चन परिवारले कोरोना जितेको छ । संक्रमित चारै जनाको रिपोर्ट निगेटिभ आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय