दमक। झापाको शिवसताक्षी नगरपालिकाबाट पठाइएका ५९ जनाको स्वाबको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि विराटनगर पठाइएको थियो । रिपोर्ट नेगेटिभ आउनेमा क्वारेन्टाइनका ४० पुरुष र ४ महिला, होम क्वारेन्टाइनका ३ महिला र एक पुरुष, सशस्त्र प्रहरी बलका ६ जना, जनपथ प्रहरीका ४ जना र एक जना थुनुवा रहेको नगरपालिकाका फोकल पर्सन रोशन अधिकारीले जानकारी दिनुभयो ।

स्वाब प्रादेशिक प्रयोगशाला विराटनगर पठाइएको थियो । शिवसताक्षीमा अहिलेसम्म ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यद्यपि सबैले कोरोना जितिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय