उर्लाबारी । आज मध्यरातदेखि उर्लाबारी नगरपालिका क्षेत्रमा लकडाउन हुँदैछ । कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलिन नदिन आज मध्यरातबाट एक सातासम्म नगर क्षेत्रमा लकडाउन गर्न लागिएको हो । लकडाउन कस्तो हुन्छ भन्ने बारेमा चाँही नगरपालिकाले धारणा तयार पारिसकेको छैन ।

छलफल र परामर्शपछि आज नै लकडाउन कस्तो गर्ने भन्ने विषयमा निर्णय हुने उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले जानकारी दिनुभयो । अधिकांशले भने लकडाउन कडा पार्न सुझाव दिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय