मेष –नयाँ व्यवसायमा लगानीको अवसर आउनेछ । भोजनको सुख मिल्ने एवं प्रशन्नता बढ्नेछ । काममा सुचारपना एवं अरुको माया एवं सदभाव पाइनेछ । धनको कारोबार बढ्ने एवं आकस्मिक फाइदा मिल्नेछ । साताको अन्त्यमा भने स्थान परिवर्तन, भाइभाइमा मेलमिलाप एवं जिम्मेवारी थपिनाले कार्यभार बढ्नेछ । नयाँ काममा लगानी हुनेछ । नयाँ मित्रता गासिने एवं साथीभाइको साथ मिल्नेछ ।

वृष– फाइदा अरुलाई जानेछ । काममा ढिलासुस्ती हुनेछ । आम्दानी भन्दा खर्च बढी हुनेछ । अनावश्यक झमेला थपिने, सरसामान हराउन सक्ने एवं यात्रामा ढिलासुस्ती हुनेछ । साताको मध्यमा भने मनोरञ्जनमा खर्च हुने । नयाँ ठाउँको भ्रमण एवं काममा प्रगति देखिन्छ । साताको अन्त्यमा भने व्यापारमा फाइदा, विलासितामा मन जाने एवं पारीवारिक भेटघाट र मिष्ठान्न भोजनको योग रहको छ ।

मिथुन– पुरानो लगानीमा फाइदा मिल्नेछ । व्यापार बढ्नाले ऋणको भार कम हुनेछ । सुख सयलमा खर्च हुने एवं अरुबाट लाभ मिल्नेछ । साताको मध्यमा भने अचानक नोक्सानी एवं शारीरिक समस्या आउनेछ । काममा आलोचना मिल्ने तथा शत्रुबाट भय हुनेछ । साताको अन्त्यमा भने काममा फाइदा एवं आँटेको काममा राम्रो खबर मिल्नेछ । सुखसयलमा खर्च बढ्नाले पारीवारिक वैमनस्यता हुनेछ ।

कर्कट –राजनीतिमा जिम्मेवारी आउँछ । सरकारी कामकाजमा प्रगति हुनेछ । रोजगारीमा फाइदा मिल्नेछ । जिम्मेवारी थपिने एवं काममा प्रशंसा आउनेछ । कामको प्रगति देखेर अरुले इष्र्या गर्नेछन् । साताको मध्यमा धनको लाभ हुनेछ । व्यापारमा बढी फाइदा हुने देखिन्छ । साताको अन्त्यमा भने विसञ्चो हुने एव मन नलागि खर्च गर्नुपर्नेछ । पारीवारिक तनाव एवं हुन लागेको काममा बाधा आउने देखिन्छ ।

सिंह – सामाजिक परोपकारको भावना बढ्नेछ । धार्मिक कार्यमा खर्च बढ्नेछ । काममा प्रगति एवं अरुको सहयोग मिल्नेछ । ठूलाबडाबाट आश्वासन पाईने एवम मनमा खुशी बढ्नेछ । नोकरीमा फाइदा मिल्ने एवं गरेको काममा अरुले बाधा गर्न सक्नेछन् । प्रगतिमा इष्र्या गर्ने प्रशस्त भेटिन्छन् । साताको अन्त्यमा भने आम्दानी राम्रो हुने, सन्तानबाट खुशी बढ्ने एवं मनोरञ्जनमा खुशी जानेछ । खर्च बढेतापनि अरुको सहयोगले आफ्नो काम पूरा हुनेछ ।

कन्या – साताको शुरुमा काममा अलमल, एवं अचानक मानहानी हुन सक्नेछ । अनावश्यक स्वास्थ्यमा खर्च हुने एवं तनाव बढी हुनेछ । स्वास्थ्यमा समस्या देखिने एवं अरुले काम बिगार्न सक्नेछन् । मध्यमा भने अधुरा काम पुरा हुने, काममा सफलता मिल्ने एवं धार्मिक रुचि बढ्नेछ । साताको अन्त्यमा भने पद प्रतिष्ठानमा वृद्धि , राजनैतिक सफलता एवं अरुको सहयोग मिल्नेछ ।

तुला– व्यवसायिक यात्रा हुनेछ । पारीवारिक भेटघाट हुनेछ । साझेदारीमा फाईदा, प्रेममा प्रगति एवं यात्राको अवसर मिल्नेछ । साताको मध्यमा भने काममा झन्झट, प्रगतिमा बाधा एवं आकस्मिक घाटा बेहोर्नु पर्नेछ । सवारीसाधनले दुख दिनेछ । साताको अन्त्यमा भने काममा फाइदा मिल्ने,विदेशवाट सहयोग मिल्ने एवं भाग्यले साथ दिने एवं खुशीको खबर आउनेछ । अड्केका पुराना
काम सुचारु हुनेछन् ।

्वृश्चिक –रमाइलोमा बढी खर्च हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । अरुको सहयोग मिल्नेछ । विरोधीहरु पर जाने एवं पारीवारिक मेलमिलाप बढ्नेछ । वैवाहिक कुरा चल्ने एवं व्यवसायमा राम्रै प्रगति मिल्नेछ ।यात्रामा समस्या आउने एवं जीवनसाथिको स्वास्थ्यमा समस्या हुनेछ । साताको अन्त्यमा भने आलोचना हुने, काममा अपजस मिल्ने एवं नराम्रो खबर आउन सक्नेछ । काममा घाटा हुने हुनाले तनाव बढ्नेछ ।

धनु – धनको सहयोग मिल्नेछ । आर्थिक अवस्थामा सुधार आउनाले चिन्ता कम हुनेछ । अध्ययनमा सफलता मिल्नेछ । सन्तानको सहयोग पाइनेछ । आम्दानीमा वृद्धि एवं स्वास्थ्यमा सुधार हुनेछ । खर्च बढेपनि राम्रो ठाउँमा लगानी हुनेछ। नया ठाउको भ्रमण हुने एवं नया काममा लगानीको वातावरण बन्नेछ । साताको अन्त्यमा भने दाम्पत्य सुख मिल्ने,पति पत्नीबीच मेलमिलाप हुने एवं विदेश यात्राको योग बन्नेछ ।

्मकर – शंकाले प्रेममा बाधा आउनेछ । मित्रतामा समस्या आउने एवं आफन्त टाढा हुनेछन् । घरायसी मामिलामा परिनेछ । स्वास्थ्यमा अचानक बाधा एवं चिन्ता बढ्ने देखिन्छ । साताको मध्यमा भने बौद्धिक कार्यमा रुचि एवं मनोरञ्जनमा दिन बित्नेछ । आम्दानीे हुने, स्वास्थ्यमा प्रगति हुने एवम खेलकुदमा रुचि जाने देखिन्छ । अचानक मित्रबाट फाइदा हुने योग रहेको छ ।अन्त्यमा पुरानो विवाद एवं आपसी झैझगडा टुंगिनेछ ।

कुम्भ – आपसी प्रेममा प्रगति हुनेछ । टाढाबाट मिठो खबर मिल्नेछ । आफन्त भेटघाटमा वैवाहिक प्रसंग चल्नेछ । पुरानो व्यवहारमा आर्थिक फाइदा एवं छोटो यात्रा हुनेछ । दाजुभाइको सहयोग मिल्नेछ । पराक्रम बढ्ने, काम फटाफट हुने देखिन्छ । साताको मध्यमा भने अनावश्यक किचलो एवम स्वास्थ्यमा समस्या आउनेछ । अन्त्यमा भने, व्यवसायमा प्रगति प्रेममा प्रगति एवं धनमाल जोडिने योग रहेको छ ।

मीन– काममा फाइदा बढी मिल्नेछ । कृषि एवं पशुचौपायाबाट आम्दानी हुनेछ ।आफन्तले आर्थिक काममा सहयोग गर्नेछन् । बोलीको प्रभाव बढ्नेछ । आफ्नो प्रस्तुतिले ख्याती कमाइनेछ । धनको कारोबार बढ्ने एवम ईष्टमित्रबाट सहयोग पाइनेछ । साताको मध्यमा भने घरछोड्नुपर्ने एवं खर्चमा वृद्धि हुनेछ । साताको अन्त्यमा भने पारीवारिक झगडा, मानसिक अशान्ति एवं काममा अवरोध आउनेछ । चिसोको समस्याले स्वास्थ्य बाधा हुनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा/ सम्पर्क– ९८५१०७१५७४पशुपति जयवागेश्वरी, काठमाडौं

प्रतिक्रिया

सम्बन्धित खवर