केतपाईले भगवान श्रीकृष्णलाई कहिल्यै बृद्ध स्वरुपमा देख्नुभएको छ ? सायद तपाईले भगवान कृष्णका कुनै पनि चित्र तथा मूर्तिहरू देख्नुभएको छैन, जसमा उनी बुढा देखिएका होउन् ।

पक्कै पनि तपाईले कहिल्यै देख्नुभएको छैन । किनकी भगवान कृष्ण कहिल्यै बृद्ध भएनन् । भगवान कृष्णको जीवन कैयौं रहस्यले भरिएको मानिन्छ । यो आलेमा उनका जीवनका कयौं रहस्यमध्येको एक रहस्यको बारे उल्लेख गरिएको छ । त्यो उनको उमेर ।

भगवान कृष्ण जब महाभारतको कुरुक्षेत्रमा अर्जुनलाई गीताज्ञान दिइरहेका थिए तब उनको उमेर ९० वर्ष पुगेको थियो । महाभारतको युद्धका बेला भगवान कृष्ण हजुरबा बनिसकेका थिए । तर पनि युद्धका दौरान उनी जवान देखिन्थे ।

आद्य पूराण पुरुष नव यौवनः, ब्रह्म संहिताको श्लोकमा कृष्णको उमेरबारे वर्णन गरिएको छ । जसअनुसार कृष्णको छवि उनका भक्तजनहरुमा सधैं नौजवान कै रह्यो । र सधैं रहने छ ।

सर्वाधिक आकर्षक

कृष्णलाई परम पुरुषोत्तम भगवान मानिन्छ । किनकी उनी सर्वाकर्षक हुन् । हाम्रो अनुभव अनुसार यो देख्छौं कि कुनै पनि व्यक्ति सम्पत्ति, शक्ति, यश, सौन्दर्य, ज्ञान तथा त्यागका कारण आकर्षक बन्छ ।

जोसुकैसँग यी ६ ऐश्वर्य एकसाथ असीम मात्रामा हुन्छ, यो सम्झनु पर्यो कि त्यो परम पुरुषोत्तम भगवान हो ।

विष्णु पुराणका श्लोकमा यी ६ ऐश्वर्यबारे महान वेदाचार्य पराशर मुनिले विस्तारमा वर्णन गरेका छन् । जसअनुसार हामी यो सम्झिन सक्छौं कि श्रीकृष्ण केवल एक असाधारण ऐतिहासिक व्यक्ति मात्रै हैन, अपितु साक्षात् परम पुरुषोत्तम भगवान हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय