पाल्पाको निस्दी गाउँपालिकामा मंगलबार राती जिप दुर्घटना हुँदा तीन महिनाको बच्चासहित २ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार निस्दीको ज्यामिरेबाट गल्धातर्फ जाँदै गरेको लु १ ज २८८७ नम्बरको जिप गल्धाको पटकसर नजिकै दुर्घटना हुँदा गल्धा गावुडाँडाका ६३ वर्षीय ठकुरप्रसाद फाल र सोही गाउँपालिका ४ मित्याल काफलका ३ महिने बालकको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा निस्दी ५ गल्धा, पटकसरका ३८ वर्षीया सुमित्रा सारु, ३६ वर्षीया सेरमती सारु, २० वर्षीया लक्ष्मी सारु र ३७ वर्षीया तिलकुमारी सारु, मित्यालकी २५ वर्षीया सिर्जना गाहा र मित्याल काफलका २२ वर्षीया विष्णुमाया सारु घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरुको पाल्पाको प्रभासमा उपचार भईरहेको छ । जिप बाटो भास्सिएर सडकबाट करिब ७ सय मिटर तल खसेको थियो ।दुर्घटनापछि चालकलाई नियन्त्रणमा लिएर थप अुनसन्धन गरीरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर