वि.सं.२०७७ भदौ -३,बुधवार,ई.सं.२०२० अगष्ट-१९,शक संवत्-१९४२,नेपाल संवत्-११४० गुँलागा, प्रमादी, दक्षिणायन,वर्षा,भाद्र कृष्णपक्ष
तिथि-औंसी , ०८:०९ बजे उप्रान्त प्रतिपदा,नक्षत्र-मघा , २८:०१ बजे उप्रान्त पूर्वफाल्गुनी, योग-परिघ , २३:४७ बजे उप्रान्त शिव, करण-
नाग ०८:०९ बजेदेखि किंस्तुघ्न , १९:२० बजे उप्रान्त तैतिल,चन्द्रराशि-सिंह,आनन्दादि योग-चर, सूर्योदय-५:३७, सूर्यास्त-१८:३६, दिनमान-३२ घडी २८ पला , व्रत/पर्व– कुशे औंसी (कुश ग्रहण गर्ने), स्नान-दान गर्ने र हलो बार्ने बार्ने औंसी,गोकर्ण तीर्थमा स्नान तथा श्राद्ध, मन्वादि, पितृ साम्मान दिवस (बाबुको मुख हेर्ने), युवक कवि मोतीराम भट्ट जयन्ती।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – घरायसी वातावरणमा केही धमिलोपन आउने छ,उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला,यात्रा घातक बन्न सक्छ, आजको शुभ अंक १० रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – व्यावसायिक योजना र त्यसबाट दीर्घ कालीन फाईदा लिन सकिनेछ ,समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ , आर्थिक समस्या पर्ने छ , आजको शुभ अंक ७ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,पारिवारिक जीवनमा मतभेत रहनेछ,स्वास्थ्य प्रति सजक हुन एकदमै जरूरी छ , आर्थिक संकट पर्नेछ,आजको शुभ अंक ५ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – सहयोगी हातहरू अघि बढ्नेछन् ,पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ , आजको शुभ अंक ४ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – स्वास्थ्यमा सुधार आउने छ,मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ ,छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ, परिवारमा खुशी छाउनेछ,आजको शुभ अंक ७ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,साझपख सुधार हुनेछ,जोश जाँगर र हिम्मत बढ्नेछ ,बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला, आजको शुभ अंक ९ रहेको छ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) – अस्वस्थताका बीच कामको बोझ बढ्नेछ,आफन्त बाट धोका हुन् सक्छ,अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ, आजको शुभ अंक २ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– सामानहरू छुट्ने/हराउने सम्भावना छ,बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला ,वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ,आजको शुभ अंक १ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ, पठन–पाठनमा प्रगति हुनेछ, आजको शुभ अंक ३ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ, अप्रिय समाचारले दुःखी बनाउन सक्छ, आजको शुभ अंक ८ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– चोटपटकको सम्भावना छ,झगडा पनि हुनसक्छ,मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ, आजको शुभ अंक ४ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्,दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,आजको शुभ अंक ६ रहेको छ ।राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय