विराटनगर। विराटनगरको एक क्रिकेट क्लबले यहाँका विपन्न ५० परिवारलाई राहत सामाग्री वितरण गरेको छ । विगत चार बर्ष अघि आफुलाई स्वस्थ राख्ने उदेश्यका साथ स्थापना भएको क्रिकेट क्लब क्रिकेट फर फिट्नेस क्लबले कोरोना भाइरसका कारण भएको लकडाउनका कारण समस्यामा परेका विराटनगरका अति विपन्न ५० परिवारलाई राहत सामाग्री वितरण गरेको हो।

स्थापना कालदेखि नै खेलकुदसँगै विभिन्न सामाजिक गतिविधि गर्दैआएको क्लबले यस महामारीको विषम परिस्थितिमा आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै पहिलो चरणमा चामल,दाल,आलू, नुन लगायतका सामाग्रीहरु वितरण गरेको क्लबका कप्तान रंधिर कायस्थले बताउनु भयो। कप्तान कायस्थको नेतृत्वमा गएको टोलिले विराटनगर ११ स्थित सुकुम्वासी बस्तिमा खाद्य सामाग्री सहित प्रति परिवार १० वटा मास्क समेत वितरण गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय