गणेश प्रसाद दुलाल – अहंकारवाद लाई कुनै बेला समयले साेध्याे -> सत्ताभाेग खाेज्ने कि मुद्दा र एजेन्डाका लागि भराेसामा अड्ने ?
महाभारत युद्ध पूर्व सहयाेगका लागि द्वारिका पुगेका अर्जुन र दुर्याेधन लाई भगवान श्रीकृष्णले पनि यस्तै प्रश्न साेध्नु भएकाे थियाे । श्रीकृष्णले साेध्नु भयाे … तपाई हरू दुइले युद्धका लागि कसलाई राेज्नु हुन्छ ? सशस्त्र यादव सेना राेज्ने कि नि:शस्त्र मलाई राेज्ने ? एक चिज राेज्न सक्नु हुन्छ ।
त्याे सुन्नासाथ अहंकारी दुर्याेधनले सशस्त्र यादव सेना राेज्याे तर अर्जुनले भने नि:शस्त्र भएपनि मलाई श्रीकृष्णको सहयाेग भए पुग्छ भन्दै विन्ती गरे । यस्तै प्रकृतिको प्रश्न राप्रपा भित्रकाे अहंकारवाद लाई पनि समयले नसाेधेकाे हाेइन । तर अहंकारवादले भन्याे …. मुद्दा र एजेन्डाकाे भराेसामा अड्दा मलाई के मिल्छ ? सत्ता भाेगले मलाई शान दिन्छ , मान दिन्छ , धन दिन्छ , विदेश शयरकाे अवसर दिन्छ , पांडे पजनीकाे माैका दिन्छ अनि साइरन बजाउदै मेराे अघि पछि सशस्त्रको भ्यान पनि गुड्छ । किन्तु विचार र मुद्दामा अडि रहे त्याे सबै मलाई कसले दिन्छ ?
त्यसैले राजा र हिन्दू राष्ट्रकाे एजेन्डा हात्तीको देखाउने दांत थियाे किन्तु भित्री चपाउने मक्सद भनेकाे सबै च्यांखे मात्र । किनकि २०७४ काे अाम निर्वाचनमा संघीय संसदकाे १६५ सिट मध्ये १६१ स्थान गणतन्त्र र धर्म निरपेक्षवादी काङ्ग्रेस लाई छाेडेर ४ सिटमा मात्र उम्मेदवार उठाउनु च्यांखे नभएर के त्याे अन्यथा थियाे ? १६५ सिटकाे दुई तिहाई भनेकाे ४ सिट नै हाे भन्दै गीताले तिनलाई उपदेशमा सुनाएकाे थियाे ? त्याे ४ सिट जितेका भए २०७४ मा नै राजसंस्था र हिन्दू राष्ट्र फर्किने थियाे ?
राजसंस्था र धर्मकाे नारा लाई नाफा र नाेक्सानकाे थाेक व्यापार बनाउदा राजा र धर्म प्रति अघात अास्था राख्ने अाम नागरिक हरूले २०७४ काे चुनावमा गाई खाेजे किन्तु भेटेनन । थाराे गाई नै भएपनि कतै भेट्न सकिन्छ कि भन्दै खाेजे त्याे पनि भेट्न नसक्दा च्यांखेले धाेका दियाे भन्दै काेही काङ्ग्रेस अनि काेही कम्युनिस्टमा लाग्नु पर्दा सत्ताे सराप गर्दै उनिहरू त्यतै हराए । जसका कारण अाज हामी जनताकाे माझमा पुगेर पार्टीको विचार र मुद्दा बारे बहस गर्दा तिनै मतदाता हरूले हामीलाई प्रश्न गर्छन …. राजसंस्था र धर्म लाई देखाएर यस अघि गाइकाे पुच्छर समेत बेच्याै ….. अब फेरि के बेच्न अायाै ? यस्तै प्रश्न हरूकाे सामना गर्नु परेकाे छ ।
एउटा परिपक्व विचारकाे जन्मस्थली मात्र हाेइन समस्त ॐकार परिवार हरूकाे उत्पत्तिस्थली थियाे राप्रपा तर सत्ता र शक्तिको माेहमा बेचिएर त्यसकाे मुहान नै क्षतविक्षत बनाइयाे । समस्त यज्ञयवादी ( अास्तिक ) हरूकाे भराेसाकाे घर थियाे राप्रपा तर अहंकारको रांकाे झाेस्दै त्याे सबै भष्म खरानी बनाइयाे ।
सबै धार्मिक र अाध्यात्मिक सनातनी हरूकाे पुष्प वाटिका अनि सम्पूर्ण सम्बर्द्धन वादी हरूकाे मुलस्थान थियाे राप्रपा किन्तु राजसंस्था र धर्म फर्काउने ठेकेदार देखाउने पाखण्ड चरित्रका कारण विचार र सिद्धान्तको त्याे सिर्जन भूमि पुरै शुष्क र बांझाे बनाइयाे । जनताकाे जीवन पद्धति संग जाेड्नु पर्ने विचार , मुद्दा र एजेन्डाकाे माैलिक परिचय हरू ….. गणतन्त्रको कालाे संबिधान लाई विश्वकै उत्कृष्ट भन्दै सत्ता र कुर्सीमा लगेर जाेडेपछि साराका सारा नयाँ पुस्ता हरूकाे मूल्य मापन गर्ने हृदय नै डढाइयाे ।
राजसंस्था र सनातन हिन्दू राष्ट्र फर्काउने नाममा यसरी जलाएर खरानी बनाइएकाे चिज वन जङ्गल प्रकृति भए फेरि पलाएर अाउने थियाे हाेला तर जलेर भस्म भएकाे विचारका ती मानव अात्मा हरूलाई फेरि तिनै पात्र र प्रवृत्ति बाट कसरी फर्काउन सक्ने ?
किन्तु अझपनि मार्गचित्रका नाममा क्रमभङ्ग वादी प्रवृत्तिको अहंकारका कारण जताततै अपमानित हुनु पर्दा समेत त्यसकाे जिम्मेवार कारक तत्वका रूपमा रहेकाे अपराध लाई पिठ्युंमा नाम्लाले बाेकेर अपराधी खाेज्दै काठमाण्डाै बाट छैमले तर्फ जान्छाैं भने ….. हामी पनि त्याे अपराधकाे हिस्सेदार नै हुनेछाैं । त्यसैले पार्टी भनेकाे विचार , मुद्दा र एजेन्डाकाे मन्दिर हाे र त्याे अास्थाकाे मन्दिर लाई पवित्र राख्न अाकाशकाे बाज देखाएर जमिनकाे परेवा भुर्कुट पार्ने ढाेंगी पण्डा बाट अब सुरक्षित राख्न सक्नु पर्दछ भन्दै सचेत रहन याे लेख मार्फत अाग्रह गरिएकाे हाे ।
अन्तमा मैले यसरी लेखिरहदा याे लेखकाे उद्देश्य भनेकाे राेगी प्रतिकाे घृणा कदापि पनि होइन …….. राेगकाे पहिचान गरि त्याे राेग लाई मेजर अप्रेसन गरि मिल्काएर पार्टी लाई नयाँ जीवन दिन सक्नु पर्दछ भनेकाे हाे । याे लेख कुनै व्यक्ति प्रतिकाे पूर्वाग्रह हाेइन …. केवल राेगकाे निर्मलीकरण गरि विचारकाे मन्दिर बचाउन सबै राष्ट्रवादी हरूकाे ऐक्यबद्धताका लागि गरिएकाे अाव्हान हाे ।
लेखक ..गणेश प्रसाद दुलाल , राप्रपा संयुक्त प्रदेश न १ सचिब

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय