#
सामाजिक संघ/ सस्था

लायन्स/लियो क्लव अफ काठमाडौ युनाइटेड फ्रेन्ड्सद्वारा साप्ताहिक दिवाखाजा कार्यक्रम सम्पन्न

  ज्ञानेन्द्र कोइराला   २२ भाद्र २०७७, सोमबार ११:५१

काठमाडौं। लायन्स क्लव अफ काठमाडौ युनाइटेड फ्रेन्डस र लियो क्लव अफ काठमाडौ युनाइटेड फ्रेन्ड्सको संयुक्त योजनामा शुरू भएको साप्ताहिक दिवाखाजा कार्यक्रम आज सम्पन्न भएको छ। कोराना कहरको विषम परिस्थितिलाई ध्यानमा राख्दै सडकमा ड्युटिमा खटिएका सुरक्षाकर्मी, अलपत्र, असहाय व्यक्ती तथा मजदुर र केही आश्रमहरुलाई जुस र पिउने पानीसहितको दिवाखाजा तथा खाद्यान्न सामग्री वितरण गर्दै क्लवले आफ्नो साप्ताहिक कार्यक्रम आज समापन गरेको हो ।

जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने मुल मान्यतालाई साकार पार्ने अभिप्रायले उक्त क्लवले आफ्नो साप्ताहिक कार्यक्रमअन्तर्गत हरेक दिन फरक फरक ठाउँमा गएर दिवा खाजा तथा खाद्यान्न सामग्री वितरण गरेको लायन्स क्लव अफ काठमाडौ युनाइटेड फ्रेन्ड्सका अध्यक्ष लायन दिपक थापाले बताए। त्यही क्रममा आज कार्यक्रमको सातौं दिन हरहर महादेवस्थित फ्युचर होप नेपाल नामक बाल आश्रममा खाद्यान्न तथा सरसफाइ सामग्री हस्तान्तरण गर्दै साप्ताहिक कार्यक्रमको समापन गरिएको उनले बताए।

सो दिवाखाजा वितरण कार्यक्रम सफल बनाउनको लागि क्लवका अध्यक्ष स्वयम् लायन दिपक थापा , लायन वेदनाथ ढकाल ९ सर्भिस चेयरपर्शन ०, डिरेक्टर लायन एकराज शिवाकोटी , ओमेन इम्पावरमेन्ट चिफ लायन सपना नहर्की , डिरेक्टर लायन सन्तोश श्रेष्ठ , फन्ड राइज कोर्डिनेटर लायन सुर्यलक्ष्मी दुवाल, लायन सोनाम श्रेष्ठ र लियो क्लवको तर्फबाट अध्यक्ष लियो स्मृती कुँवर , कोषाध्यक्ष लियो दीपा दाहाल , सहसचिव लियो अमृत भट्टराई, लियो सन्तोष दाहाल र अर्जुन शमशेर कुँवरको प्रत्यक्ष र सक्रीय सहभािगता रहेको थियो ।

उक्त साप्ताहिक कार्यक्रमलाई अक्षता बहुउद्देश्यीय सहकारी संस्था लि । , अनमोल वचत तथा ऋण सहकारी संस्था र डिष्ट्रीक ३२५ बी २ को सहकार्य र डाबर नेपालको विशेष सहयोग रहेको जनाइएको छ। महामारीमा समस्यामा परेका असहायहरुलाई साप्ताहिक रुपमा दिवा खाजा खुवाउने, आवश्यकता हेरि खाद्यान्न तथा सरसफाइ सामग्री वितरण गर्ने तथा सरकारले घोषणा गरेको बन्दाबन्दीको अवस्था हेरेर विशेष गरि बन्दाबन्दीको कारणले भोक भोकै जीवन कटाउन बाध्य भएकाहरुलाई पहिलो प्राथामिकतामा राखेर सेवा प्रदान गर्ने कुरा क्लवले जनाएको छ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु