#
सामाजिक संघ/ सस्था

सञ्चार क्लब गौरादहको अध्यक्षमा अधिकारी

  सवाल नेपाल   २३ भाद्र २०७७, मंगलवार १०:५१

दमक/ झापाको गौरदह नगरपालिका भित्र रहेका पत्रकारहरु संगठित भएका छन् ।

नगरपालिका भित्रका पत्रकारहरु वडा नं १ को सभाहलमा जम्मा भई सञ्चार क्लब गौरादह गठन गरी पत्रकारहरुको छाता संगठन गठन गरेका हुन् । नगरपालिका भित्र रहेका पत्रकारहरुको भेलाले हिमशिखर टेलिभिजनका सुदिप अधिकारीको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा सजल सन्देश डट कमका सन्तोष बिष्ट, सचिवमा ओमकार टाइम्स डट कमका सान नेपाल, सह सचिवमा पुर्व न्युज डट कमका मिलन अधिकारी र कोषाध्यक्षमा एफ एम प्लसकि शान्ति सुब्बा रहेका छन् ।

उक्त भेलाले सदस्यहरुमा रुपा बुढाथोकी र सुमित भण्डारीलाई सर्वसम्मत चयन गरेको छ । त्यसैगरी सोहि भेलाले डण्डिराज घिमिरे, झगेन्द्र खड्का, केदार खड्का, दिनेश दंगाल, युवराज भट्टराईलाई सल्लाहकार समितिमा सर्वसम्मत चयन गरेको छ । नवगठित समितिले नगरपालिका भित्र रहेका पत्रकारहरुका हक, हित र संरक्षणका बिषयमा काम गर्ने बताइएको छ । समितिले संस्थाको दर्ता प्रक्रियाका साथै आवश्यक पर्ने काम गर्ने जनाईएको छ ।

भेला पत्रकार मञ्च दमकका उपाध्यक्ष झगेन्द्र खड्काको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा अनलाइन बिचारका प्रकाशक/ सम्पादक डन्डिराज घिमिरेले कार्यक्रमको औचित्यमाथी प्रकाश पार्नु भएको थियो । ओमकार टाईम्सका प्रबन्ध निर्देशक केदार खड्का र बैकल्पिक खबर डटकमका प्रकाशक सम्पादक दिनेश दंगाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन ओमकार टाइम्सका सम्पादक सान नेपालले गरेका थिए ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु