काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप विश्वभर पुर्‍याउनु अहिलेसम्मकै चुनौतीपूर्ण काम हुने एयरलाइन्स उद्योगहरुले बताएका छन् ।

अन्तर्राष्ट्रिय एयर ट्रान्सपोर्ट एसोसियसन (आईएटीए) ले विश्वभर कोरोनाविरुद्धको खोप विश्वभर पुर्‍याउन ८ हजार बोइङ ७४७ जहाज आवश्यक पर्ने बताएको छ ।

हालसम्म कोरोनाविरुद्धको खोप उपलब्ध भइसकेको छैन । तर, आईएटीएले विश्वभर पुर्‍याउनका लागि एयरलाइन्स, एयरपोर्ट, विश्वव्यापी स्वास्थ्य संस्थाहरु र औषधि प्लेटफर्महरुसँग परामर्श गरिरहेको छ ।

वितरण कार्यक्रम अन्तर्गत हालसम्म एकजनालाई एक डोज आवश्यक पर्ने अनुमान गरिएको छ ।

“सुरक्षितरुपमा कोभिड-१९ खोपहरु पुर्‍याउन विश्वव्यापी एयर कार्गो उद्योगको लागि शताब्दीको ठूलो मिसन हुनेछ । तर सावधानीपूर्वक योजना बिना सफल र सम्भव हुनेछैन । त्यसकारण अहिले समय भएकोले योजना बनाउन आवश्यक छ,” आईएटीएका प्रमुख कार्यकारी एलेक्जेन्डरे डी जुनाइकले भने । – बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय