चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक समापन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको बैठकले कात्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय समेत गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका छन् ।

बैठकको शुरूमा संक्षिप्त सम्बोधनपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बैठक सञ्चालनको जिम्मा लगाएर अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बाहिरिएका थिए ।

ओली बाहिरिएपछि बैठकको अध्यक्षता प्रचण्डले गरेका थिए । गत मंसिरमा कार्यकारी अध्यक्षको जिम्मा पाएका प्रचण्डले बैठकको अध्यक्षता गर्न नपाएको गुनासो गर्दै आएका छन् ।

सहमति खोज्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले महाधिवेशनसम्म प्रचण्डलाई पार्टी सञ्चालनको जिम्मा दिन प्रस्ताव गरेको थियो ।

असार १० गते शुरू भई पटक-पटक स्थगित हुँदै आएको स्थायी कमिटी बैठक पछिल्लोपटक साउन ६ गने छोटो समयका लागि बसेको थियो ।

लामो समयदेखि अनिर्णयको बन्दी बनेको स्थायी कमिटी बैठकको समापन भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय