#
अन्तराष्ट्रिय

अमेरिकाको ओरिगन राज्यमा डढेलो, दशौं हजार मानिस विस्थापित

  एजेन्सी   २७ भाद्र २०७७, शनिबार १२:३३

काठमाण्डाै – अमेरिकाको ओरिगन राज्यको जंगलमा लागेको डढेलोमा दशौं हजार मानिस विस्थापित भएका छन् । गर्भनर केट ब्राउनले डढेलोमा कयौँ मानिस हराएका बताउनु भएको छ ।

उहाँका अनुसार प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा बस्न आग्रह गरिएको छ । ४० हजार मानिसलाई सुरक्षित ठाउँमा सर्न भनिएको हो । अमेरिकाका १२ राज्यमा डढेलो विस्तार हुने क्रममा छ । डढेलोका कारण ओरिगनका चारसहित अहिलेसम्म ११ जनाको ज्यान गएको छ ।

डढेलोको जोखिमका कारण मानिसहरु घर बाहिर रहेको मौका छोपी लुटपाटका घटना पनि बढेका खबरमा उल्लेख छ ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु